विपक्षी गठनबन्धनको निष्कर्ष : गर्नका लागि निर्वाचन घोषणा भएको हाेइन

डिसी नेपाल
८ जेठ २०७८ १४:०५

काठमाडौं । विपक्षी गठबन्धनले सरकारले घाेषणा गरेको निर्वाचन गराउनका लागि नभएको निष्कर्ष निकालेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि बसेको विपक्षी गठबन्धनको बैठकले यस्तो निर्णय गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘यो निर्वाचन गर्नका लागि घोषणा भएको हैन। हामी छलफलमा छौं।’ बहिस्कार गर्ने कि निर्वाचनमा जाने भन्ने प्रश्नको उत्तरमा प्रचण्डले त्यसका बारेमा छलफल नभइसकेको बताए।

उनले राष्ट्रपति र प्रधानमन्त्रीले मनोमानी, स्वेच्छाचारी र असंवैधानिक तवरबाट संसदको विघटन गरेको दाबी गरे। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जसपा र नेकपा एमालेको असन्तुष्ट पक्षबीच छलफल भएको हो।

नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटनको कार्यलाई प्रतिगामी कदमको संज्ञा दिँदै राजनीतिक र कानुनी रुपमा सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन्।

छलफलले कानूनी र राजनीतिक बाटोबाट प्रतिनिधिसभा विघटनको प्रतिकार गर्ने पनि निर्णय गरेको छ। पत्रकासँग प्रचण्डले भने, ‘यस भन्दा पहिला पनि अदालतले जनमतको कदर गरेको छ। यस पटक पनि गर्छ भन्ने अपेक्षा छ। हामी बहुमत सांसदको हस्ताक्षर सहित सर्वोच्च जान्छौं रिट हाल्छौं।’

षडयन्त्रमुलक तवरले प्रतिनिधिसभा विघटन भएको भन्दै प्रचण्डले यो निरंकुश भएको पनि बताए। उनले भने, ‘यो असंवैधानिक, निरंकुस, स्वइच्छाचारी र षडयन्त्रमुलक ढंगले विघटन भएको हो। हामी प्रतिवाद गर्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *