कोरोनाविरुद्धको लडाईं: अमेरिकी सहयोगको पहिलो खेप काठमाडौं आयो

काठमाडौं। कोरोना भाइरस महामारीको गम्भीर चपेटामा परेको नेपाललाई अमेरिकाले आपतकालीन स्वास्थ्य सहयोग गरेको छ। अमेरिकी सहयोग नियोग यूएसएडले गरेको स्वास्थ्य सामाग्री सहयोगको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सहयोगको पहिलो खेल शनिबार आएको र अरु सहयोग आउनेक्रममा रहेको जानकारी दिएको छ। अमेरिकी कार्गे विमानमार्फत शनिबार अमेरिकी सहयोग काठमाडौं आइपुगेको हो।
अमेरिकी दूतावास र यूएसएडका प्रतिनिधिले सो सहयोग समाग्री शनिबारै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेका छन्। शनिबार सर्जीकल मास्क, ग्लोभ्स, शिल्डलगायतका स्वास्थ्य सामाग्री आइपुगेका हुन्। यसअघि पनि अमेरिकाले भेन्टिलेटर, परीक्षण किटलगातका सामाग्री सहयोग गरेको थियो।
;
कोरोना महामारीको दोस्रो लहरमा नराम्रोसँग प्रभावित बनेको नेपाललाई मित्र राष्ट्रहरुबाट सहयोग आउनेक्रम जारी छ। यसअघि चीन, स्पेन, ओमान, भारतलगायतका मुलुकबाट सहयोग आएको थियो। बेलायतले पनि नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि नेपाल सरकारले औपचारिक रुपमै सहयोग गर्न अन्तर्राष्ट्रिय मित्रहरुलाई आव्हान गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि अन्तर्राष्ट्रिय मित्र राष्ट्र तथा संघसस्थाहरुलाई सहयोगको आव्हान गरेको थियो।
नेपालमा हाल दैनिक हजारौंको संंख्यामा संक्रमित भइरहेका छन् भने सयौंको संख्याले ज्यान गुमाइरहेका छन्। अक्सिजनको देशमा हाहाकार मच्चिएको छ।
Facebook Comment