एमाले स्थायी समिति बैठक जारी

डिसी नेपाल
८ जेठ २०७८ १८:४६

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको स्थायी समिति बैठक जारी छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको हो। बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र एमालेको आन्तरिक विवादबारे छलफल हुने जनाइएको छ।

सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति तोकेपछि एमालेको बैठक पहिलो पटक बसेको हो। संसद विघटनलाई विपक्षी दलहरुले असंवैधानिक भन्दै कानुनी र राजनीतिक लडाइँ गरिने बताएका छन्। त्यसको प्रतिरक्षाका लागि एमाले बैठकले केही निर्णय गर्ने अनुमान गरिएको छ।

यस्तै एमालेको आन्तरिक विवाद समाधान गर्न १० सदस्यीय कार्यदल गठन गरेर विवाद समाधानको प्रयास भइरहेका बेला शुक्रबार माधव नेपाल समूहले कााग्रेस सभापति शेरबहादुर देउवाको समर्थनमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिबारे पनि निर्णय हुनेछ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलको नेताको समर्थन गर्ने नेताहरुमाथि कारबाही गरिने बताइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *