राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो संसद विघटन, दावी खारेज र सरकार बनाउन आव्हानको सूचना

डिसी नेपाल
८ जेठ २०७८ २२:५२

काठमाडौं। राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएका महत्वपूर्ण तीनवटा सूचना हटाइएको छ। गत विहीबार, शुक्रबार, पाँच बजेपछि, राति ११ बजेपछि र राति १ बजेर ५० मिनेटपछि वेबसाइटमा राखिएका महत्वपूर्ण सूचना हटाइएको हो।

वेबसाइटबाट राष्ट्रपतिले एक दिनको समय दियर प्रतिनिसभा सदस्यहरुलाई सरकार बनाउन गरेको आव्हानको सूचना, प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कााग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउने दावी पेश गरेपछिको सूचना, दुबै दावी खारेज गरिएको सूचना र संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरिएको सूचना वेबसाइटबाट हटाइएको छ।

यी सूचनाहरु हटाइएको विषयमा प्रतिक्रिया लिन राष्ट्रपति कार्यालयका प्रवक्ता र सहायक प्रवक्ता सम्पर्क गर्ने प्रयास गर्दा फोन उठेन।

यसरी सचूना हटाइएको विषयमा अधविक्ताहरुले सामाजिक सञ्जालमा प्रश्न उठाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *