आफ्नाे ज्यान आफैं बचाऊँ
एक वर्ष अघि देशका सरकार प्रमुख जस्ता ठूला मान्छेले बेसार पानी खानु, हाच्छ्ँयू साच्छ्ँयू गर्नु हामी बलिया मान्छेहरुले त्यसै पचाउँछौँ र यसरी नै सबैलाई बचाउँछौँ भन्ने अर्ति उपदेशबाट प्रभावित भएर ढुक्क हुँदै उनका सभा जुलुसमा जाँदा अनि उखान टुक्कासहितकोे भाषणरस खाँदा यस्ता जाबा भाइरसहरुको सत्यानास हुन्छ भन्ने उक्तिलाई सबैभन्दा राम्रो जुक्ति मानेर महिनौँसम्म पछिपछि लागेर हिँड्नेको जमात ठूलो थियो।
उनी र आफूलाई उनी भन्दा माथिको सम्झने एउटै पार्र्टीका झगडियाहरु र अन्य पार्र्टीको पछि लाग्ने र उनी बिरुद्ध जाग्ने पनि उत्तिकै थिए।
राजनीतिमा सबैकुरो जायज हुन्छ भनेर भाइरस बोसिय फ्याटिए हो तातोपानीले धोएपछि चट् हुन्छ, यो रुघाखोकी जस्तै हो तातोपानीले नै ठिक हुन्छ, भाइरस नाकमा आयो भने पुछेर फाल्नपर्छ, घाँटीमा पुग्यो भने खाकखुक गरेर फाल्नपर्छ, अरु स्वास्थ्य जटिलताले मरेका मान्छेलाई पनि कोभिडले मरेको भनिएको छ, हाम्रो प्रतिरोधी क्षमता बढी छ, हावापानीले पनि हामीलाई साथ दिएको छ, हाम्रो खानाले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाउँछ, हामीलाई केही गर्न सक्दैन भनेर सबैलाई भरोसा दिलाए अनि आफ्नो राजनैतिक उद्देश्य पूरा भएपछि कताकता बिलाए।
अहिले आएर कोभिड यस रुपमा बढ्ला भन्ने लागेकै थिएन र बिभिन्न कारणले यसको रोकथामको लागि सम्बन्धितहरुको समन्वय हुनै दिएन अनि आफू बाहेक अरुले यसमा चासो नै लिएन भन्दै आएको देखिन्छ।
अघिल्लो लहरमा सरकार प्रधानका उद्गारहरुलाई मनन् गर्दै र यसैमा ढुक्क पर्दै हिँड्दा कोभिडको दोश्रो लहरले जनजीवन आक्रान्त हुँदा सबै कुरा फोश्रो रहेछ भनेर सरकारलाई मात्रै दोष दिँदै रोष प्रकट गरेको सुनियो देखियो। यो सरासर गलत हो।
दक्षिणी छिमेकमा दोश्रो पटक कोरोना ब्यापक पैmलँदा यतापनि आउन र हामीले दुख पाउन सकिन्छ भन्ने सोच्नुभन्दा आप्mनो कुर्सी जोगाउने बिषयलाई प्राथमिकतामा राख्नै पर्यो। कुर्सी नभए जीवन नै सकिएको महसुस हुने रोगले गर्दा कोरोना केही होइन भनेर बकिएको सही हो।
पल्लोघरमा महामारीले उग्ररुप लिँदा र यताकालाई तयारीको लागि प्रशस्त मौका दिँदापनि त्यस्तो केही गरिहाल्न आवश्यक देखिएन। अघिल्लोमा जस्तो होल्डिङ्ग सेन्टर,स्वास्थ्य जाँच, आइसोलेन, क्वारेन्टाइन आदि कुनैपनि तहमा यथेष्ट मात्रामा तयार गर्ने जरुरी पर्ने कुरै आएन।
तत्काल हरेक पालिकाहरुमा अस्पताल खोल्ने भनेर केही महिना अगाडि एकैपटक बालुवाटारबाट घोषणा र उद्घाटन भएको सुनिएको खबरपनि रेल ग्यास पानी जहाज जस्तै जनता झुक्याउन बुनिएको गफ बाहेक केही भएजस्तो लाग्दैन भनेर आफैंद्वारा चुनिएको सरकारलाई दोषारोपण गर्न हुँदै भएन।
स्थानीय पालिका सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार कसैको पनि जिम्मेवारीमा यो बिषय नपर्ने रहेछ भन्ने रोजिरोटीको लागि दक्षिणी छिमेकमा पसिना बगाएर फर्केका मानिसहरु आउन थालेपछि जानकारी हुन आयो। उ
निहरुलाई जतिसक्दो छिटो आफ्नो क्षेत्रबाट बिभिन्न साधन मार्फत अर्को क्षेत्रमा पठाउनमा प्रतिस्पर्धा गर्नाले र उनिहरु बिना स्वास्थ्यजाँच आफ्नो गाउँघरमा झर्नाले कसले महामारी गाउँमा सार्यो अनि कसले अन्जानमै कतिजनालाई मार्यो भन्ने थाहै हुन सकेन। को कहाँबाट आयो,कहाँ गयो,को को सित घुलमिल गर्यो आदि भनेर पहिले जस्तो कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने आवश्यकता देखिएन।
शहरबाट गाउँजानेहरुले पनि कोरोना लिएर गाउँ पसेका हुन सक्छन् भन्ने कुरा त कसलाई के मतलब भयो र? उही बेसारपानी फर्मुला सबैतिर ब्यापक रुपमा लागू भयो। यो ज्यादै राम्रो र असल कुरा हो भनेर सबैले मनन गरिदिए अनि बिना रोकटोक गन्तब्यसम्म गएर ढुक्क परिदिए।
दोश्रो लहर सुरु भएपछि अन्तर्राष्ट्रिय सिमानाबाट स्वदेश छिर्नेहरुको लर्को देखेपछि स्वास्थ्य परीक्षणको झर्को बेहोर्नुभन्दा आआप्mनो गन्तब्यमा सुरुसुरु जान दिनुलाई नै बुद्धिमानी मानिएको र सबैलाई सजिलो हुने ठानिएको हुनाले त्यस्ता ब्यक्तिहरु संक्रमण बोकेरै गाउँघर देखि लिएर शहर बजारसम्म आरामसित अरुलाईपनि संक्रमण सार्दै हिँडे।
आइसोलेसन क्वारेन्टाइन जस्ता झन्झटिला काम कुनैपनि तहले गर्ने कुरो आएन र सरकारलेपनि यसबाट यस्तो अबस्था सिर्जना हुनसक्ला भन्ने भेउ नै पाएन। एकैचोटि संक्रमण पैmलिएर भयावह स्थिति आउन थालेपछि र कोभिडले बिरामीहरुलाई अत्यधिक गालेपछि मात्रै सबैतिर दौडादौड सुरु भयो। पहिलो कुरो अस्पतालमा बेड भरिभराउ भयो र यो अबस्था देशैभरि गयो।
सरकारी अस्पताल निजी अस्पताल सबैतिरका अस्पतालहरुमा बेड नपाएर मानिसहरुको बिजोग र बिचल्ली भयो। यसमा पनि सरकारी आँकडा र अस्पतालहरुको वास्तविकतामा किन हो साबिक अनुसारकै फरक धारणा र भनाइहरु आउन थाल्यो।
सरकार अस्पतालहरुमा चाहिए जति बेड उपलब्ध छ भन्छ अस्पताल जाँदा बेड छैन मान्छेहरु फेरि अन्यौलमा पर्न र फुटपाथमा झर्न बाध्य भए। हेर्दाहेर्दै अस्पतालका बेड, कोरिडोर, बस्ने बेन्च, मेच, स्टुल, कुरुवा बस्ने ठाउँ, बाहिरको पेटी, बिश्रामस्थल, सिँढी, बरन्डा, आँगन, ग्यारेज, पार्किङ आदि सबै ठाउँ बिरामीले भरिँदा र त्यसरी पनि सकेसम्म उपचार गरिँदा अक्सिजनको कमीले अर्को हाहाकार भयो।
यसमा सबैभन्दा सजिलो उपाय भनेको लकडाउनलाई मानियो र यसैबाट कोरोना नियन्त्रणमा आउँछ भन्ने ठानियो। हुनपनि हो सरकारले प्रशासन मार्फत एउटा विज्ञप्तिको खेस्रो फाल्ने र सुरक्षाकर्मीहरु परिचालन गरेर बिरोधीको मुख टाल्ने अनि आफ्नो जिम्मेवारी र अपजसलाई सुरक्षाकर्मीहरुको टाउकोमा हाल्ने पुनित कर्म गरेर कुर्सी टिकाउने अनि असंवैधानिक कार्य र बोली बिकाउने कार्यमा ढुक्कसित लाग्न पायो।
बुद्धि, विबेक, मानवीय संवेदना, श्रोत साधन, जनता प्रतिको जवाफदेहिता आदि केहीको पनि लगानी नगरिकन राजनैतिक बेइमानीसहितको जनता ठगानी गर्न सकिने यो भन्दा सरल उपाय अरु हुन नसक्ने हुनाले सरकारले चालेको यो कदमलाई सबैले ज्यादै स्वागतयोग्य मानिदिएका छन्।
बिरामी बढ्दै जाँदा आइसियू, भेन्टिलेटर त टाढाको कुरा अस्पतालहरुमा सामान्य बेड वा कतै छेउछाउमा टुसुक्क बसेर उपचार गराउन मात्रै पाएपनि खुसुक्क जतिपनि तिर्न मानिसहरु तयार भएको मौका छोपेर कतिपय अस्पतालहरुले मनपरी बिल बनाएर अप्ठ्यारोमा यस्तै हो भन्ने जनाएर पनि स्तरीय सेवा प्रदान गरेको सुनियो।
यस्तै अबस्थामा अक्सिजनको ज्यादै कमी हुन गयो। अक्सिजनको कमीले अनाहकमा मानिसहरु ज्यान गुमाउन बाध्य भए र अकालमा धेरैजना परमधामतिर गए। सरकारले अक्सिजनको कोटा प्रणाली लागू गरेपछि त झन् भयाबह स्थिति आयो र बिरामी र आफन्तहरुले झन् बढी दुख पायो। अस्पताल भर्ना हुन आफैं अक्सिजन लिएर जान पर्ने नभए अस्पतालले भर्ना नगर्ने अबस्था आयो।
सरकारले तत्काल अक्सिजन ल्पान्ट राख्न अस्पतालहरुलाई कडा निर्देशन दिएर भएपनि पहिले ठूलै कमिसन लिएर अस्पताल खोल्न दिने निर्णयलाई सच्याउनु तारिफ योग्य कुरा हो।
यसै मेसोमा बिरामीका आफन्तहरुले जति नै धर्ना दिएपनि अस्पतालहरुले बिरामी भर्ना गर्न आलटाल गर्नुका साथै बिरामीको मृत्यूभएमा कुनै उजुर बाजुर गर्ने छैन भन्ने ब्यहोराको कागज गराएर र धरौटीमा निकै मोटो रकम भराएर मात्रै भर्ना गरेर स्वास्थ्य उपचारको मूल्य मान्यता सिद्धान्त नियम कानुन र आचार संहिताको साथै मानवीय संबेदनाको पूर्ण पालना गरेको पाइयो।
ठूला र नाम चलेका अस्पतालहरुले आइसियू, क्याबिन र साधारण बेडको निकै चर्को मूल्यसूचि सार्वजनिक गरेर टन्न पैसा छैन भने यता नआउनु र त्यस्ताले यतातिर दुख नपाउनु भनेर सुपथ सुलभ उपचार र सर्वहितमा अस्पताल खोलिएको पुष्टि गरे।
सुरक्षाकर्मी र केही स्वयम् सेवकहरुले अनेक दुख कष्ट झेलेर र अनेक खतरासँग खेलेर जम्मा गरेको अक्सिजन सिलिन्डरहरुले धेरै बिरामीहरुलाई राहत पुर्यायो। केही सीमित पहुँचवालाहरुले अक्सिजन सिलिन्डर घरघरमा राखेर आकस्मिक अबस्थाको तयारी गर्नु ज्यादै राम्रो देखियो।
अझ केही अत्यन्त जनवादी माननीय र नेताहरुले आफन्त र आफ्नो निर्वाचन क्षेत्रमा पठाउन सकेसम्म बढी अक्सिजन सिलिन्डरहरु घरमा थुपारेर जनताको असली सेवकको परिचय दिन सफल हुनु ज्यादै सराहनीय देखियो। यसको लागि उनीहरुले आफ्नो पद प्रतिष्ठा र शक्तिको पूर्ण रुपमा सदुपयोग गरेको देखिनु सारै राम्रो हो।
अक्सिजनको ब्यापक कालोबजारी पनि भयो रे भन्ने नचाहिँदो हल्लातिर बिरामी र बिरामीका आफन्तहरुले कुनै चासो नराखी जति भन्यो त्यति तिर्दै लाँदै गरेको र यसले कालोबजारीहरुले ढुकुटी भरेको प्रष्ट देखिएपनि भ्रष्टहरुको आँखा त्यसमा परेन। ठूलाठूला अस्पतालहरु र मानव स्वास्थ्यसित सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुको समेत लगानी भएकोले यसमा धेरै गफ गरेर समय खेर फाल्नु र धेरै कोट्याउन थाल्नु बुद्धिमानी पनि होइन।
तत्काल हरेक पालिकाहरुमा अस्पताल खोल्ने भनेर केही महिना अगाडि एकैपटक बालुवाटारबाट घोषणा र उद्घाटन भएको सुनिएको खबरपनि रेल ग्यास पानी जहाज जस्तै जनता झुक्याउन बुनिएको गफ बाहेक केही भएजस्तो लाग्दैन भनेर आफैंद्वारा चुनिएको सरकारलाई दोषारोपण गर्न हुँदै भएन।
अक्सिजनको ब्यापक कालोबजारी पनि भयो रे भन्ने नचाहिँदो हल्लातिर बिरामी र बिरामीका आफन्तहरुले कुनै चासो नराखी जति भन्यो त्यति तिर्दै लाँदै गरेको र यसले कालोबजारीहरुले ढुकुटी भरेको प्रष्ट देखिएपनि भ्रष्टहरुको आँखा त्यसमा परेन। ठूलाठूला अस्पतालहरु र मानव स्वास्थ्यसित सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा उनीहरुको समेत लगानी भएकोले यसमा धेरै गफ गरेर समय खेर फाल्नु र धेरै कोट्याउन थाल्नु बुद्धिमानी पनि होइन।
देशभरिका जनतालाई आवश्यक पर्ने खोप ल्याइन्छ र सबैलाई छिटै नै लगाएर भ्याइन्छ भनेर सरकार प्रधान र अन्य मन्त्रीहरुले ठाउँठाउँमा भाषण गर्दै हिँडेको निकै लामो समयपछि कमिशन एजेन्ट र बिचौलियारुपी ठूला र बालुवाटारमा बाक्लो आउजाउ भएका सरकार प्रधानका प्रिय ब्यापारीहरुले भनेजति कमिशन नपाएकोले खोपको खरिद रोकिएको अनि मन्त्रीभन्दा माथिल्लो तहबाटै कमिशनको रेट तोकिएको भन्ने हल्ला चलेको भएपनि सरकार प्रधानले त्यो हावादारी हल्लामात्रै हो भनेपछि नपत्याउने कुरो आउँदै आएन।
यसै बिषयमा ती व्यापारीले मन्त्रीलाई पनि हप्काएको भन्ने सुन्दा बिगतमा तिनले यस्तै कामहरुबाट कति कमिशन चप्काएको होला भनेर अन्दाज गर्नपनि सकिन्न। सरकार प्रधान दाहिना भएपछि कसैले केही लछार्न र चाहेजति कमिशन नदिइकन पछार्न सक्ने कल्पना नगरे हुन्छ भन्दै सम्बन्धित मन्त्रीपनि बर्बराउँदै हिँडेको देख्दा कुरो गहिरै भएको अनुमान गर्न सकिन्छ।
देशमा अक्सिजन र सिलिन्डरहरुको ज्यादै कमी भएर नाहकमा जनताको ज्यान गइरहेको कुरामा ध्यान दिएर खाडीका देशहरुमा रहेका गरिब मजदुरहरुले गाँस कटाएर अक्सिजन सिलिन्डर पठाउँदा देशकै नाम चलेका र स्वदेश बिदेशमा उद्योग ब्यापारगरि अकुत कमाएका र यही ब्यापारबाट अपार रमाएका नाम चलेका उद्योगी ब्यापारीहरु भने यही मौकालाई सदुपयोग गरेर अझ बढी नाफा कमाउने अनि हामी ठूला उद्योगि ब्यापारी घराना भनेर धाक रवाफ मात्रै जमाउने कार्यमा लाग्नुलाई पनि जनताले ज्यादै सराहना गरेका छन्। हाम्रा राजनीतिज्ञहरुले आफ्नो धर्म निभाए जस्तै ब्यापारीहरुलेपनि आफ्नाे कर्म गरेर धर्म निभाएकोमा कसैको केही गुनासो छैन।
नक्कली पिसिआर रिपोर्ट बनाइदिने, सक्कलीको लेबलमा नक्कली औषधि बेच्ने,पाँच हजार पर्ने औषधिलाई पचास हजार र अझ माथिको रेटमा बेच्ने, एम्बुलेन्सको जति मन लाग्यो त्यति भाडा ठटाउने र बिरामीलाई पाइला पाइलामा मोलमोलाई गर्ने स्वास्थ्यकर्मीहरुको पेटमापनि अटाउने आहारा त अरु सरह नै हुनु पर्ने हो।
मौकामा चौका हान्न जान्ने र अरुको ज्यानै जाने गरि जसरी हुन्छ नगद तान्ने स्वास्थ्यकर्मीहरुले गर्दा रातदिन नभनी आफूलाई समेत जोखिममा राखेर अहोरात्र बिरामीको सेवामा खटेका र जस्तो अबस्थामापनि सकेको सेवा दिन्छु भनेर डटेका स्वास्थ्यकर्मीहरुलाई समेत बदनाम गर्ने त्यस्ता लोभीपापीहरुलाई बिरामी र आफन्तले दिएको सरापपनि अहिलेसम्म लागेको देखिन्न।
सरकारी नियामक निकायका पदाधिकारीहरु पनि ठूलो मुख र भुँडिवाला नै भएकाले दुवै थरिको जोडी शानदार तरिकाले चलिरहेको र दुवैतिर नगद फलिरहेको छ रे भन्ने सुनिन्छ। त्यसमाथि नेताहरुको संरक्षण र आडभरोसासमेत भएपछि कुरै सकिइ हाल्यो अनि यस्तै तरिकाले सबैलाई ढाल्यो र टाठाबाठाले सही समयमा सही कदम चाल्यो भन्नेहरुपनि नभएका होइनन्। तर जनताले चाहिँ पत्याए जस्तो देखिँदैन।
चाहिएको बेलामा मित्रराष्ट्रहरुबाट सहयोग जुटाउन भन्दा आफ्नालाई सहुलियत लुटाउन कूटनैतिक नियोगमा पठाइएका सासू, सम्धि, सालासाली, दाजुभाइ भतिजा, कमिशन एजेन्टका आफन्त, गाउँले, भेगी, जिल्लाबासी, लिलाम बढाबढको हद पुर्याएर पद किन्न सक्ने व्यक्ति, ज्यादै भित्रिया ब्यक्ति आदिलाई बिभिन्न स्वार्थबाट पे्ररित भएर कूटनीतिक नियूक्तिमा पठाउँदाको नतिजा अहिलेको महामारीमा पनि राम्ररी देख्न पाइएको र अनुभव गर्दै आइएको छ।
जे काम गर्दापनि आफ्नो भागमा कति आउँछ र आफन्तले कति पाउँछ भनेर मात्रै काम गर्न जाँगर चलाउने अनि पदको आडमा नगद फलाउनेहरुलाई छानीछानी पठाइएकोले कतैबाटपनि अपेक्षित सहयोग नआएको र आएको भएपनि कसैले चाल नपाएको हुनाले यस्ता कुटनीतिज्ञहरुलाई अझ लामो समयसम्म उतै राखिराख्दा देशको इज्जत अझ बढाउन सक्ने देखेर सरकारले आफ्नाे छनौटमा गर्व गर्नु ठिकै होला। यतापनि त्यस्तैको छनोट भइरहेको र अचेल यस्तै मौसम गइरहेको हुनाले कसैले आश्चर्य मान्न पर्दैन।
बिभिन्न मौसममा माइतिघरदेखि बालुवाटार बानेश्वर आदि स्थानमा देखिने र ठूलो संघर्ष गरेको भनेर लेखिने नागरिक समाज कोरोनाको अवस्थामा खुट्टा लुलो पारेर कुन दुलोमा लुकेछन् भन्ने कसैले थाहा पाउन सकेका छैनन्।
सायद डलरको हरियो कलर मात्रै चिन्ने भएकोले यो टोलीको बोली नफुटेको होला भनेर जनताको अनुमान कतिसम्म सही हो उनिहरुलाई नै थाहा होला। प्रमुख प्रतिपक्ष र अन्य राजनैतिक पार्र्टीहरुले पनि भर्खरै कसैले ज्ञापन पत्र र कसैले ध्यानाकर्षण गराएर अनि हामीले सरकारलाई अहिलेमात्रै दियौँ भन्दै ठूलो स्वरमा कराएर पाप पखाल्ने प्रयास गरेको राम्रै हो।
वीर अस्पतालमा पाँचसय बेडको अस्पताल बनाउन लागेकोमा गलत ठाउँमा लकिरका फकिर भन्ने उखान हाल्ने उप प्रधान मन्त्रीका सुपुत्रलाई भेन्टिलेटर सहितका उपकरण ल्याउने ठेक्का जबरजस्ती दिएर मजाले भ्याउने चक्करले गर्दा अस्पताल संचालनमा आउन र जनताले सेवा पाउन नसकेको हो भन्ने उडन्ते कुरामा जनताको बिश्वास भएजस्तो लाग्दैन।
मन्त्रिपुत्र भएपनि ओम्नि देखि अन्य ठेक्का र कमिशन काण्डमा चर्चित यूवा नेता समेत भएकोले कसैकसैले हो कि जस्तो पनि गरेका र पक्कै होला भन्नेमा परेका पनि छन्।
औषधि खोप र अन्य उपकरणहरु कमिशनको कारणले ठाउँठाउँमा रोकिएको र उपचारदेखि दाह संस्कारसम्म चर्को शुल्क बेहोर्न बाध्य जनताले झर्को मानिरहेको बेलामा वन मन्त्रीले मिठो स्वरमा दाह संस्कारको लागि दाउराको कमी हुन दिइने छैन भनेकोले मृतकहरुले राहत महसुस गर्न सक्ने सम्भावना देखिन्छ।
एकताका आफ्नो गाउँ आफैं बनाउँ भन्ने नाराले चर्चामा आएकै दलको सरकार भएको र अहिले यो सरकार आफ्नो कुर्सी आफैं बचाउँ अनि जनताको नाम लिँदै चारैतिरबाट नगद सोहोरेर आफ्नो ज्यानपनि आफैं बनाउँदै हातमा आएको सबै नगद मजाले पचाउँ भन्ने ध्याउन्नमा लागेर कोरोनाबाट जनतालाई बचाउने काममा मुखले लोलोपोतो मात्रै गरिरहेको र जनता दिनदिनै मरिरहेको सबैलाई थाहा छ।
त्यसैले जनतालेपनि कतै केही नहेरी र नेताहरुको बकमफुसे गफलाई नटेरी भगवानको नाम लिँदै अनि आफ्नो ज्यान आपैm बचाउँ भन्ने नारा दिँदै बस्ने बाहेक अहिलेलाई अरु उपाय देखिन्न।
Facebook Comment