प्रतिनिधिसभा विघटन विरुद्ध नेविसंघको प्रदर्शन

डिसी नेपाल
९ जेठ २०७८ १३:२५

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना विपरित प्रतिनिधिसभा भंग भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीेले नेविसंघका नेता नवराज त्रिपाठीलाई पक्राउ गरेकोछ।

उनले सडकमा राष्ट्रपति भण्डारीर प्रधानमन्त्री ओलीको तस्विरमा गोबर दलेर विरोध गरेका थिए। यसैबीच पक्राउ परेका विद्यार्थी नेता नवराज त्रिपाठीलाई रिहाइ गर्न नेविसंघका महामन्त्री दीपक भट्टराईले आग्रह गरेका छन्।

यो महामारीको बीचमा राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएकाले विद्यार्थी सडक संघर्षमा आउन बाध्य भएको दाबी गर्दै महामन्त्री भट्टराईले लोकतन्त्रवादी एकजुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्नु नहुने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *