कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : प्रचण्डलाई गुरु मानेर प्रचण्डपथलाई स्वीकार गरेको हो?

डिसी नेपाल
९ जेठ २०७८ १४:४३

काठमाडौ। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लोकतान्त्रिक दल भन्ने नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्।

आइतबार दिउँसो प्रेस चौतारीआवद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भन्ने पार्टी कांग्रेसले प्रचण्डलाई गुरु मानेर पचण्डपथमा हिँडेको टिप्पणी गरेका हुन्।

उनले सरकार गठन गरेदेखि नै सरकार संचालनमा अवरोध गरेको र त्यो अवरोध गतवर्षदेखि तीव्र भएको भन्दै सरकारले गरेको राम्रो कामको पनि कामै गरेन भनेर कुप्रचार भएको बताए।

उनले कांग्रेसका नेताहरुले केपी ओलीले गराउने निर्वाचनमा भाग नलिने भनेको कुरा आफूले सुनेको भन्दै आपत्ति जनाए। ‘जनताबाट अत्याधिक मतले विजयी भएको प्रधानमन्त्रीले गराएको चुनावमा भाग नलिने भन्ने कस्तो लोकतान्त्रिक चरित्र हो,’ उनले भने, ‘कांग्रेस नेतृत्वले गराएको चुनावमा २३ सिटमा झरेको होइन कांग्रेस?’

के अब चुनाव गराउनलाई कांग्रेसलाई प्रधानमन्त्री टिको लगाएर दिने भन्दै प्रश्न गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *