सरकारमा सहभागी हुन किन ढिला गर्दैछ जसपा?

डिसी नेपाल
१२ जेठ २०७८ १०:११

काठमाडौं। आफूहरुका धेरैपय माग पूरा भएको र केही माग पूरा हुने प्रक्रियामा रहेको भन्दै सरकारमा सहभागी हुन तयार भएको जनता समाजवादी पार्टी (जसपा)को सत्तारोहण ढिलाइ भएको छ।

पार्टीको आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको जसपाका अध्यक्ष महन्थ ठाकुरले माग पूरा हुने, सरकारमा पनि सहभागी हुने र पार्टी पनि विभाजित नहोस भनेर पहल गरेका कारण सरकारमा सहभागी हुन ढिलाइ भएको बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच दैनिक भेटवार्ता हुने गरेको छ। मंगलबार पनि प्रधानमन्त्री अ‍ोली र ठाकुरबीच बालुवाटारमा लामो छलफल भएको थियो।

उक्त छलफलमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधन कार्यदलको पहिलो बैठक राख्न सहमत भएको महन्थ ठाकुर निकट स्रोतले जनाएको छ।

‘यो हप्ताभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने तय भएको छ,’ स्रोतले डिसी नेपालसँग भन्यो, ‘आज (बुधबार) संविधान संशोधन गर्ने विषयमा गठित कार्यदलको पहिलो बैठक बस्ने संभावना छ।’ स्रोतका अनुसार यो हप्ता ठाकुरले असन्तुष्ट नेता उपेन्द्र यादवसँग सहमति कायम गर्न प्रयास गर्नेछन्।

यो हप्ता उपेन्द्र यादवसँग सहमतिको प्रयास गरिने र त्यो संभव नभए अर्को हप्ताभित्र सरकारमा सहभागी हुने जसपाको तयारी छ।तराइ मधेसमा पार्टी विभाजन नहोस भन्ने जनताको ठूलो चाहना रहेको भन्दै ठाकुर पक्षले लचकता अपनाएर भनेपनि पार्टी एकतालाई कायम राख्न पहल गर्ने बताएका छन्।

‘अहिले वर्षौंदेखि पूरा नभएका माग पूरा भएका छन्, सरकार बाहिरै बसेर पनि मधेसका माग सम्वोधन भइरहेको अवस्थामा सरकारको विरोध गर्नुपर्ने अवस्था छैन भन्नेमा अध्यक्षजी (महन्थ ठाकुर) को बुझाइ छ,’ ठाकुर निकट मानिने नेता सुरेन्द्र झाले डिसी नेपालसँग भने, ‘अहिले पनि उहाँको प्रयास सरकारमा सहाभागी हुने भए सर्वसम्मत निर्णय गरौं, सरकारमा सहभागी नहुने भएपनि सर्वसम्मत गरौं तर पार्टी एकता जोगाऊँ भन्ने हो।’

यो हप्ता उपेन्द्र यादवसँग सहमतिको प्रयास गरिने र त्यो संभव नभए अर्को हप्ताभित्र सरकारमा सहभागी हुने जसपाको तयारी छ।
तराइ मधेसमा पार्टी विभाजन नहोस भन्ने जनताको ठूलो चाहना रहेको भन्दै ठाकुर पक्षले लचकता अपनाएर भनेपनि पार्टी एकतालाई कायम राख्न पहल गर्ने बताएका छन्।

‘प्रथम अध्यक्षलाई द्वितीय अध्यक्षले स्पष्टीकरण सोध्ने काम भयो,’ नेता झाले भने, ‘पार्टी एक बनाउन त्यो कदमलाई पनि ठाकुरजीले सहजै रुपमा लिनु भयो। अझै पनि धेरै कुरा बिग्रिसकेको छैन। अझै केही दिन एकताको पहल गर्ने र त्यो संभव नभए अर्को हप्तामा सरकारमा सहाभागी हुने संभावना छ।’

सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले बारम्बार आग्रह गर्दै आएका छन्। जसपाले गृहसहित दश मन्त्रालय दाबी गरेपनि आठ मन्त्रालय लिन प्रधानमन्त्री तयार भएको बालुवाटार निकट स्रोतले जनाएको छ। तर गृह मन्त्रालयका विषयमा भने प्रधानमन्त्रीले कुनै आश्वासन नदिएको जसपा स्रोतले जनाएको छ।

सरकारमा सहाभागी हुने तयपछि उपेन्द्र यादवलाई साथ दिएका केही सांसदहरु पनि ठाकुर समूहमा फर्किएको स्रोतले दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *