राष्ट्रपतिलाई विपक्षी बनाइएका १९ रिटको सुनुवाइ आज प्रधानन्यायाधीशको इजलासमा हुँदै

डिसी नेपाल
१३ जेठ २०७८ ११:०४

काठमाडौं। राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र घोषणा गरिएको प्रतिनिधिसभाको निर्वाचन बदर गरिनुपर्ने मागसहित परेका १९ रिटको सुनुवाइ आज प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इजलासमा हुँदैछ ।

यी सबै रिटहरु राष्ट्रपतिलाई विपक्षी बनाइ दायर भएका रिटहरु हुन् । साधारण इजलासमै सुनुवाइ हुन मिल्ने गरी दायर भएका १९ रिटको पेशी आज प्रधानन्यायाधीशको इजलासमा तोकिएको हो ।

अन्य ११ रिटको सुनुवाइ भने भोलि हुनेछ । बाँकी ११ रिट संवैधानिक इजलासमा सुनुवाइको माग गर्दै दायर भएकाले ती रिटहरुको सुनुवाइ भोलि हुनेछ । बिहीबार संवैधानिक इजलास नबस्ने भएकोले ती रिटहरुको सुनुवाइ हुन नसकेको हो ।

आज सुनुवाइ हुन लागेका रिटहरुमा देउवालाई प्रतिनिधिसभाका बहुमत सांसदको समर्थन गरेको अवस्थामा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिले त्यसो नगरेकोले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिन माग गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *