गणतन्त्र दिवसमा ४ सयभन्दा बढी कैदीलाई माफी दिँइदै

डिसी नेपाल
१३ जेठ २०७८ २१:५२

काठमाडौं। गणतन्त्र दिवसका अवसरमा सरकारले कैदीहरुको माफी मिनाहलाई यो वर्ष पनि निरन्तरता दिने भएको छ। विहीबार बसेको मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाह गर्नेबारे निर्णय गरेको एकमन्त्रीले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार जेठ १५ गते गणतन्त्र दिवसका दिन ४ सयभन्दा बढी कैदीको माफी मिनाह गरेर उनीहरुलाई कैदमुक्त गरिँदैछ। २०६५ को जेठ १५ गते बसेको संविधानसभा बैठकले २४० वर्ष लामो शाह वंशीय राजतन्त्रलाई विधिवतरुपमा अन्त्य गर्दै देशमा गणतन्त्र स्थापनाको निर्णय गरेको थियो। त्यसयता हरेक जेठ १५ लाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ।

यो वर्ष कोरोना महामारीका कारण गणतन्त्र दिवसमा कुनै ठूलो कार्यक्रम भने आयोजना नगरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *