काँग्रेस नेताको प्रारम्भिक प्रतिक्रियाः जनतालाई झुक्याउने प्रयास

डिसी नेपाल
१५ जेठ २०७८ १७:५५

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बेजट अध्यादेशमार्फत ल्याएको छ। विपक्षी दलहरु तथा पूर्व अर्थमन्त्रीलगायतले सरकारलाई पूर्ण बजेट नल्याउन सचेत गराए पनि सरकारले पूर्ण बजेट ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेल यतिबेला बजेट प्रस्तुत गरिरहेका छन्। समाजिक सुरक्षा भत्ता वृद्धिलगायतका सरकारले पपुलर कार्यक्रमसहित बजेट ल्याएपछि काँग्रेस नेताहरुको प्रतिक्रिया आउने क्रम शुरु भएको छ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले असंवैधानिक सरकारले जनतालाई फकाउने गरी बजेट ल्याएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद छ्लेर गैरसंबैधानिक ढंगले सत्तामा निरन्तरता पाएको ओलि सरकारले रिसाएका जनताहरूलाई बजेट मार्फत सबै गर्छु भनेर फेरि यकपटक झुक्याउने प्रयास ! अब जनता झुकिन्नन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *