देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

डिसी नेपाल
१६ जेठ २०७८ १०:३७

काठमाडौ। सरकारले अध्यादेशमार्फत शनिबार पूर्ण बजेट ल्याएपछि भावी रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बसिरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी जनता पार्टीका अध्यक्ष बाबुराम भट्टाई र उपेन्द्र यादव एवं एमालेबाट निष्काशित नेता माधव नेपालपनि सहभागी छन्।

विहान सवा नौ बजे सुरु भएको बैठकमा सरकारले शनिबार ल्याएको बजेटका विषयमा छलफल भइरहेको बताइएको छ।

प्रधनमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस, माओवादी, माधव नेपाल समूह, जसपाको एउटा समूह, राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *