अध्यादेशमार्फत बजेट ल्याएर सरकारले संविधान उल्लंघन गरेको विपक्ष गठबन्धनको निष्कर्ष

डिसी नेपाल
१६ जेठ २०७८ ११:५३

काठमाडौ। प्रतिनिधिसभा विघटन विरुद्ध गठबन्धन निर्माण गरेका विपक्षी दलले सकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको आरोप लगाएका छन्।

आइबार विहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ढमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निष्काशित माधव नेपाल समूह, जसपाको बाबुराम उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको बैठकले सरकारले प्रतिनिधिसभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएर गैर संवैधानिक काम गरेको आरोप लगाएका हुन्।

बैठकले कोरोना महामारीबाट सुरक्षित रहँदै राजनीतिक तहबाट सरकारको असंवैधानिक कामको विरोध गने सहमति भएको नेताहरुले बताएका छन्।

गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ। संविधानको संरक्षण गर्ने अधिकार सर्वोच्च अदालतको भएकाले संरक्षण हुनेमा गठबन्धनले विश्वस्त व्यक्त गरेको छ।

संविधान र लोकतन्त्रको पक्षमा एकताबद्ध सशक्त किसिमले आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ताहरु तथा आम जनसमुदायमा विपक्षी गठबन्धनको आह्वान छ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं।’ उनीहरुले देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारबाही नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्।

बैठकमा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,  माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *