ओलीले बोलाए स्थायी कमिटी बैठक, १२ जना माथि कारवाही हुन सक्ने!

डिसी नेपाल
१६ जेठ २०७८ १३:२३

काठमडाौं। प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्।
साँझ पाँच बजे बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षका १२ जनालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ।

स्पष्टीकरण सोधिएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले जवाफ दिएका छैनन्।

उनीमाथि कारवाही हुने संभावना रहेकाे बताइएकाे छ।  बैठकमा पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा  छलफल गरिने बताइएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *