प्राईम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ नियुक्त

डिसी नेपाल
१७ जेठ २०७८ ७:१६

काठमाडौं। प्राइम कमर्सियल बैंकको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ थप दुइ वर्षे कार्यकालका लागि चयन भएका छन्।

बैंकले एक विज्ञप्ति जारी गर्दै जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई थप एक कार्यकाल अध्यक्ष चयन गरेको जनाएको छ।

उनी सञ्चालक समितिको मिति २०७६ साल जेष्ठ २७ गतेको बैठकबाट अध्यक्ष चयन भएका थिए। उनको कार्यकाल यही जेठ २६ गते सकिदै छ।

प्राईम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ नियुक्त




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *