लुम्बिनीमा मतगणना जारी

डिसी नेपाल
१७ जेठ २०७८ १६:१३

काठमाडौं। राष्ट्रिय सभाको रिक्त एक सिटका लागि लुम्बिनी प्रदेशमा सोमबार भएको उपनिर्वाचनको मतगणना शुरु भएको छ। ३ सय मतदानता रहेकोमा २९७ जनाले मतदान गरेका छन् भने ३ जना अनुपस्थित भएका छन्।

चुनावमा एमालेका चन्द्रबहादुर खड्का र काँग्रेसका दृगनारायण पाण्डेयबीच प्रतिस्पर्धा हुँदैछ। काँग्रेसका पाण्डेयलाई माओवादी, जसपा र जनमोर्चाको सहयोग छ। एमालेका खड्कालाई पनि जसपाको महन्थ ठाकुर समूहको समर्थन रहेको छ।

खड्काकै कारण सो पद रिक्त भएका हो। यसअघि माओवादीबाट निर्वाचित उनी एमालेमा गएपछि पार्टीले कारबाही गरेको थियो। पार्टीको कारबाहीपछि उनी पदमुक्त भएका थिए। त्यसपछि एमालेले खड्कालाई नै उम्मेदवार बनायो।

उता काँग्रेसबाट उम्मेदवार बनेका पाण्डेय पनि लुम्बिनी प्रदेशसभामा एमालेबाट निर्वाचित हुन्। तर, उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।

खड्काभन्दा पाण्डेयको सम्भावना बलियो भएको यसअघि प्रक्षेपण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *