आगोलागीबाट जलेकी महिलाको उपचार खर्च सरकारले व्यहोर्ने, मन्त्री आलेद्वारा सहयोग
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आगोलागीबाट जलेकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको उपचारका लागि रु २५ हजार सहयोग प्रदान गरेका छन् । डोटीबाट सेनाको हेलिकोप्टरमा ल्याइएकी भाटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफैँ पुगेर मन्त्री आलेले उपचारका लागि रकम प्रादन गरेको उनका प्रशासन सहायक भक्त आलेले जानकारी दिए ।
अज्ञात व्यक्तिले यही जेठ १२ गते राति आफ्नै घरमा सुतिरहेका बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् । जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि लक्ष्मीलाई आज मन्त्री आलेको पहलमा नेपाली हेलिकप्टर मार्फत काठमाडौं ल्याइ कीर्तिपुरस्थित वर्न अस्पतलामा उपचार शुरु भएको छ । मन्त्री आलेले पहल तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहसचिव महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो ।
अहिले लक्ष्मीको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत र प्रकृति ज्ञवालीले जानकारी दिए । घटनालगत्तै लक्ष्मीका श्रीमान सन्तोष भाट फरार रहेकाले श्रीमानले नै घटना गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
उनीहरुको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने र यस घटनामा संलग्न व्यक्तिमाथी कानून बमोजिम कडा भन्दा कडा कारवाही गरिने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै लक्ष्मी भाट तथा उनका छोरी अन्जु भाटको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आगमी दिनमा यस प्रकारका घटना हुन नदिन गृह मन्त्रालयल कटिबद्ध रहको मन्त्रालयका प्रवक्ता जनकराज दाहाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Facebook Comment