काेभिड वार्डबाट नर्सिङ प्रमुखकाे बयान : आफूले उपचार गरिरहेकाे विरामीकाे मृत्यु हुँदा हामी रून्छाैं
कोरोनाको पहिलो लहर आएर गइसकेको थियो। हामीले पहिलो लहरबाट धेरै कुरा सिकेका थियौं। पहिलो लहरमा भएको जस्तो धेरै समस्या दोश्रो लहरमा भएन। अक्सिजनको समस्या बाहेकको अरु समस्याहरु हेटौंडा अस्पतालले व्यहोर्नु परेन।
हामीले पहिलो लहरमा आइसोलेसन र आइसीयू नै विरामीको उपचार गर्ने गरेका थियौं। दोश्रो लहरमा आएपछि आइसियू, एचडियू, त्यसपछि कोरोना वार्ड भनेर अलग अलग बनाएका छौं। जस्तो अवस्थाको विरामी आउनु हुन्छ त्यही तरिकाले, त्यही वार्डमा राखेर उपचार गर्छौं। दोश्रो लहरको कोरोनाको बेला हामीलाई विरामीहरुको अवस्था अनुसारको उपचारमा सहयोग भएको छ।
करिव डेढ वर्षदेखि नेपालमात्र नभएर विश्वभरमा फैलिएको कोरोना महामारीले नर्सिङ पेसालाई नै चुनौती थपेको छ। हुन त प्रभाववित सबै क्षेत्र भएका छन्। तर, सबै भन्दा अग्रस्थानमा नर्सहरु नै गएर लड्नु परेको छ। सबैलाई थाहा छ डाक्टरहरु भन्दा पनि अग्रस्थानमा नर्स हुन्छौं। अत्याधिक समय नर्सहरुले नै कोरोनाको विरामीसँग व्यहोर्नु पर्ने हुन्छ।
हामी एउटै कुरामा धेरै ध्यान दिन्छौं त्यो हो विरामी कसरी ठिक हुन्छ। अहिले त कोभिडको बेला भएर हामी नर्सहरुले गरेको कामको बाहिर पनि चर्चा भयो। कोभिड नआउनु भन्दा पहिला पनि हामीले गर्ने काममा कुनै कमि थिएन। एउटा विरामीलाई निको बनाउन हरदम प्रयास हामीले गर्छौं।
हेटौँडा अस्पतालमा कार्यरत नर्सहरुको बयान कसरी गरौं र! हुन त सबै नर्सहरु प्रति नमन छ। घरमा बुढा आमाबुबा, बालबच्चा र गर्भवती भएका नर्सहरुलाई ननकोभिड वार्ड र जो अहिले त्यो परिस्थितिमा हुनुहुन्न, घरबाहिर बस्न सक्नु हुन्छ, त्यस्तो परिस्थिति भएका नर्सहरुलाई कोभिड वार्डमा बाँडेर काम गर्न लगाएका छौं। कोभिड वार्डमा काम गर्ने नर्सहरुलाई अलगै खानेबस्ने व्यवस्था पनि मिलाएका छौं।
नेपालगञ्जमा जस्तो घटनाहरु हेटौंडामा नभएका होइनन्। यहाँ पनि धेरै पटक ढोका, अस्पाता परिसर तोडफोड भएको थियो। तर, त्याँहाको जस्तो अति भएको थिएन। त्यहाँ त डाक्टर तथा नर्सहरुलाइ हातपात गर्ने कामसम्म भयो। त्यो निन्दनीय छ।
अहिलेसम्म स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कस्तो कारवाही हुने भन्ने कुनै कानून छैन। सरकारले त्यस्तो कानून बनावोस्। हामी नर्सहरुको पनि छाता संघठन छ, अनि अस्पताल व्यवस्थापन समिति पनि हुन्छ सबैको पहलमा अपराधिहरुलाई कारवाही हुनु पर्छ। यदि त्यस्तो भएन भने हामी नर्सहरु किन काम गर्ने हामी पनि सडकमा आउनुको विकल्प हुँदैन।
नर्सिङ पेसामा लागेका नर्सहरु शोषणको सिकार भएका हुन्छन्। त्यो कुरालाई तितो भए पनि स्वीकार गर्नु पर्ने हुन्छ। नेपालमा नर्सिङ सम्बन्धि राम्रो व्यवस्था नहुँदा पनि यो समस्या भोग्नु परेको हो जस्तो लाग्छ। अधिकारको कुरा गर्दा जागिर जाने डरले धेरैले यो कुरा उठाउँदैनन्। आफू समस्यामा परेको कुरा सम्बन्धित व्यक्तिले नउठाएको अवस्थामा अरुले कसरी कारवाही गर्ने त्यो पनि सम्भव हुँदैन। त्यसैले नर्सहरु अहिले जागिर र अधिकारको चेपुवामा परेको देखिन्छ।
काम गर्दा गर्दै कहिलेकाँही सफल भइँदैन। हामी एउटै कुरामा धेरै ध्यान दिन्छौं त्यो हो विरामी कसरी ठिक हुन्छ। अहिले त कोभिडको बेला भएर हामी नर्सहरुले गरेको कामको बाहिर पनि चर्चा भयो। कोभिड नआउनु भन्दा पहिला पनि हामीले गर्ने काममा कुनै कमि थिएन। एउटा विरामीलाई निको बनाउन हरदम प्रयास हामीले गर्छौं।
तर, पनि कहिले कतै आफैंले उपचार गर्दै गरेको विरामीले छोड्नु हुन्छ। हामीलाई पनि दुख्छ, हामी पनि रुन्छौं। तर पनि हाम्रो दुःख मृत्यु हुने विरामीको परिवारले बुझ्दैन। यो समाजले नै बुझ्दैन भनौं।
धेरै कुरा छन्। समुदायले नै कोरोना महामारीलाई नियन्त्रण गर्न सक्छ। हामीले पहिलो लहरको अन्त्य तिर गरेको लापरवाहीले दोश्रो लहरलाई डरलाग्दो तरिकाले भोगेका छौं। यदि दोश्रो लहरको महामारी कम भएपछिको अवस्थामा जव जनजीवन सामान्य हुन्छ त्यो बेला पनि हाम्रो लापरवाही घटेन भने, हामीले स्वास्थ्यका मापदण्डहरु अपनाउन छोड्यौं भने अवश्य पनि तेश्रो लहरलाई निम्ता दिएको हो।
हामीले भोग्ने तेश्रो लहर दोश्रो भन्दा पनि भयङ्ककर डरलाग्दो हुने छ। त्यसैले मैले त्यही अनुरोध गर्दछु। हरेकले एकअर्कालाई संक्रमितको नजरले हेरौं। हरेकले एक अर्काबाट सुरक्षित रहने गरी काम गरौं, स्वास्थ्यका मापदण्ड अबलम्बन गरौं। सुरक्षित रहौं र सुरक्षित राखौं।
डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुरकानीमा आधारित
Facebook Comment