संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गरिने

डिसी नेपाल
१८ जेठ २०७८ १२:२६

काठमाण्डौ। वरिष्ठताका आधारमा संवैधानिक परिषद गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा सहमत भएका छन्। आज सर्वाेच्च बार एशोसिएशनसँगको छलफलमा यस्तो सहमति भएको सर्बोच्च बारले बताएको छ।

संवैधानिक इजलासका दुई न्यायाधीशको विषयमा विपक्षीका कानून व्यवसायीले प्रश्न उठाएपछी संसद विघटन सम्बन्धि मुद्दा सुनुवाइ नै प्रभावित हुनेगरी विवाद बाहिर आएको थियो।

यस किसिमका विवादहरु भैरहँदा न्याय पालिकाका गरिमा खस्कन भनेर चिन्ता शुरु भएको थियो। आजको सहमति अनुसार संवैधानिक इजलास गठन भयो भने न्यायपालिकालाई लिएर पटक पटक उठ्ने गरेका विवादहरु कम हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *