मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु

मुगु । कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक यहाँ एक वृद्धको ज्यान गएको छ । मृत्य हुनेमा छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले जानकारी दिए ।
उनका अनुसार ती बृद्धालाई अस्पताल ल्याउनेक्रममा आज बाटोमा नै निधन भएको थियो । एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ । बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए।
गत वैशाखदेखि जिल्लामा सङ्क्रमित सङ्ख्या वृद्धि भएपनि मृत्यु भएको थिएन । हालसम्म २९४ सङ्क्रमित रहेका जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
प्रतिक्रिया
Facebook Comment