के गर्दैछन् माधव नेपाल?

डिसी नेपाल
१९ जेठ २०७८ १०:०७

काठमाडौं। पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेपछि पूर्व प्रधानमन्त्री माधव नेपाल के गर्दैछन्? कोरोनाको दोस्रो लहर सुरुभएसँगै निषेधाज्ञा जारी भएपनि सार्वजनिक कार्यक्रममा नदेखिएका नेता नेपाल बेला बेलामा विपक्षी गठबन्धनको बैठकमा सहभागी हुने गरेका छन्।

नेपाल पक्षीय केही युवा नेता अझै पनि पार्टीलाई विभाजनबाट रोक्न सकिन्छ कि भनेर सक्रिय भइरहेका बेला नेता नेपाल भने नयाँ पार्टी गठनकोको तयारीमा लागेका छन्। उनी यतिबेला केन्द्रीय कमिटी निर्माण र नयाँ पार्टीको संचरना, नीति, सिद्धान्त र सांगठनिक स्वरुप तयार पार्न सक्रिय रहेको नेता नेपाल निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता भन्दा पनि आफूहरुलाई अलमल्याएर सत्तामा टिकिरहने वहाना गरेको निश्कर्ष निकालेका नेता नेपाल अब केपी ओलीलाई नेता मानेर पार्टी एकता गर्न नसकिने निश्कर्षमा पुगेको उनी निकट स्रोतले जनाएको छ।

झलनाथ खनाललाई वरिष्ठ नेताको उपाधि दिने र अहिले तटस्थ रहेका बामदेव गौतमलाई आफूसँग ल्याउन दुई अध्यक्षका व्यवस्था गर्ने गरी पार्टीको सांगठनिक स्वरुप तयार पारेका छन्। महाधिवेशन नभएसम्म दुई जना अध्यक्ष बनाएर बामदेवलाई पनि व्यावस्थापन गर्ने गरी तयारी भइरहेको छ।

‘अब नयाँ पार्टी गठन गर्ने विषयमा कुनै शंका रहेन,’ नेपाल निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘त्यसैले उहाँ अब केन्द्रीय कमिटी निर्माण र नयाँ पार्टीको नीति, सिद्धान्त र सांगठनिक स्वरुप तयार पार्ने काममा सक्रिय हुनुहुन्छ।’

पछिल्लो समय ओली पक्षीय र नेपाल समूहका युवा नेता पार्टी एकतालाई कायम राख्न भन्दै घनिभूत छलफलमा छन्। उनीहरु पार्टीलाई पुरानै अवस्थामा (जेठ २, २०७५) कै अवस्थामा फर्काएर भएपनि एकतालाई जोखाउनु पर्ने भन्दै सक्रिय भइरहेका बेला नेता नेपालले भने पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर मात्रै पनि समस्याको समाधान हुने भन्दै नयाँ पार्टी गठन गर्ने गरी अगाडि बढिरहेका छन्।

‘अहिले हाम्रो केपी ओलीसँग राजनीतिक वा वैचारिक भिन्नता छैन,’ नेपाल निकट स्रोतले भन्यो, ‘उहाँ सिस्टम कोल्याप्स गर्ने तिर लाग्नु भएको छ। हामी सिस्टमलाई बचाउनुपर्छ भन्नेमा छौं।’

पछिल्लो समय अध्यक्ष ओली जेठ २, २०७५ को अवस्थामा फर्किन तयार रहेको सूचना आफूहरुलाई आएको तर अब समय धेरै अगाडि बढिसकेकाले त्यसैलाई मात्रै आधार मानेर सहमति नगर्ने अडानमा नेपाल पुगेको ती नेताले जानकारी दिए।

‘ओलीले पुरानै अवस्थामा फर्किन तयार हुनु भनेको गल्ती स्वीकार गर्नुपनि हो,’ ती नेताले भने, ‘तर अब समय धेरै अगाडि बढिसकेको छ। ओलीसँग वैचारिक र सैद्धान्तिक लडाइँ नभएपनि उहाँलाई नेता मानेर एउटै पार्टीमा बस्ने अवस्था छैन। त्यसैले अब चाँडै पार्टी गठन गरेर अगाडि बढ्ने तय भएको छ।’

नेता नेपालले आफूलाई साथ दिँदै आएका नेता झलनाथ खनाललाई वरिष्ठ नेताको उपाधि दिने र अहिले तटस्थ रहेका बामदेव गौतमलाई आफूसँग ल्याउन दुई अध्यक्षका व्यवस्था गर्ने गरी पार्टीको सांगठनिक स्वरुप तयार पारेका छन्। महाधिवेशन नभएसम्म दुई जना अध्यक्ष बनाएर बामदेवलाई पनि व्यावस्थापन गर्ने गरी तयारी भइरहेको स्रोतले जनाएको छ।

अहिले पार्टीको नाम के राख्ने भन्ने विषयमा छलफल चलिरहेको छ। समाजवादी आन्दोलन र दृष्टिकोणलाई समेटर कम्युनिष्ट र समाजवाद शब्दलाई जोड्ने गरी पार्टीको नाम राख्ने तयारी भएको स्रोतले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *