शीतल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच एक घण्टा वार्ता

डिसी नेपाल
१९ जेठ २०७८ २०:००

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन्। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच एक घण्टा छलफल भएको स्रोतले बतायो। स्रोतका अनुसार सवा ६ बजे शीतल निवास पुगेका प्रधानमन्त्री ओली पौने ८ बजे बाहिरिएका थिए।

राष्ट्रपति कार्यालयले यो भेट कुनै विषय एजेण्डामा नभएको बताएको छ। यो नियमित भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ। सत्तारुढ दल एमालेमा बढ्दो किचलो र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर, प्रदेशहरु पनि राजनीतिक घटनाक्रम बढिरहेका बेला यो भेट भएको हो।

बुधबार प्रदेश नम्बर १ सरकारले प्रदेशसभाको अधिवेशन नबोलाई अध्यादेशमार्फत प्री बजेट ल्याएको छ। उता लुम्बिनी प्रदेशमा विपक्षीहरुले अल्पमतको सरकार भन्दै मुख्यमन्त्री शंकर पोखरेललाई अवैधानिक भनेका छन्। गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विपक्षीहरुले स्वीकार गरेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *