‘एकताका लागि इमान्दारपूर्ण प्रयासलाई कमजोर पार्न कसले झुठा प्रचार गराउँदै छन्?’

डिसी नेपाल
२० जेठ २०७८ ११:०१

काठमाडाैं। नेकपा एमालेका नेता गोकर्ण विष्टले पार्टीको एकता जोगाउन प्रयासरत आफूविरुद्ध दुष्प्रचार भइरहेको गुनासो गरेका छन्।

पार्टी एकता जोगाउन भइरहेका प्रयासलाई कमजोर पार्ने दुरासयले आफ्नो नामसमेत जोडर सञ्चार माध्यमहरूमा खबर आइरहेको उल्लेख गर्दै उनले एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने आफूहरूको चाहना भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन्? समयले नै बताउला।’

आज एकै दिन दुवै (ओली–नेपाल) पक्षले अलग अलग बैठक राख्न लागेका बेला नेता विष्टले आफूविरुद्ध भ्रम फिँजाइएको वक्तव्य जारी गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *