एमालेमा ब्रेक थ्रु हुने विष्णु रिजालको दाबी

डिसी नेपाल
२० जेठ २०७८ १३:१९

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले एमालेमा चाँडै ब्रेक थ्रु हुने दाबी गरेका छन्। संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच सहमतिको प्रयास भइरहेका बेला रिजालले एमालेमा ब्रेक थ्रु हुने दाबी गरेका हुन्। उनले जति प्रयत्न गरे पनि पार्टी नफुट्ने दाबी गरेका छन्।

‘संगठनात्मक व्यवस्थापनका बारेमा विवाद छ, जुन जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छु, रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ सबै नेता(कार्यकर्ताले काम गर्न पाउने वातावरण बन्छ। त्यसपछि भित्र र बाहिरबाट जति प्रयत्न गरे पनि पार्टी फुट्दैन। आशा गरौँ, छिट्टै यसमा ब्रेक थ्रुु हुन्छ।’

माधव नेपाल समूहका दोस्रो तहका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु पार्टीलाई जेठ २, २०७५ कै अवस्थामा फर्काएर सहमति खोज्न तयार भएका   बेला रिजालले  एमालेमा ब्रेक थ्रु हुने दाबी गरेका हुन्।

विगत केही दिनदेखि निरन्तरत संवादमा रहेका प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समूहका दोस्रो तहका नेता र नेपाल समूहका नेताहरु पार्टीलाई एकतावद्ध बनाएर लैजाने विषयमा सहमति नजिक पुगेको वार्तामा सहभागी नेताहरुले बताएका छन्।

‘अहिलेसम्म भएका छलफल सकारात्मक छन्, सकारात्मक परिणाम आउनेमा आशावादी छौं,’ निरन्तर छलफलमा रहेका एक नेताले डिसी नेपालसँग भने, ‘हामी सबैलाई सहभागी गराएर वृहत एकताको पक्षमा छौं, तर केही साथीभाइहरु भने अझै पनि त्यसका लागि तयार भएका छैनन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *