लुम्बिनीमा भएको राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइयो

डिसी नेपाल
२० जेठ २०७८ १७:५०

काठमाडौं। निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको प्रतिवेदन विहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ। यही जेठ १७ गते अन्य समूहको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेस उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका थिए।

आयोगले जेठ १७ गते लुम्बिनी प्रदेशमा सम्पन्न अन्य समूहकाे राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालय मार्फत् राष्ट्रपति समक्ष आयोगले पेश गरेको हो उक्त प्रतिवेदन आयोगको मिति २०७८/२/२० को निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेश गरिएको आयोगले जनाएको छ।

उक्त प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरु राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम सञ्चालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति, मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रवन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषयहरु समावेश गरी तयार गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *