टेकुको फोहोर ट्रान्सफरमा लागेको आगो नियन्त्रणमा

डिसी नेपाल
२० जेठ २०७८ १९:२३

काठमाडौं। काठमाडौंको टेकुस्थित फोहोर ट्रान्सफर स्टेशनमा थुपारिएका तारहरुमा भएको आगलागी नियन्त्रणमा आएको छ। विहीबार मध्यान्न करीब १ बजे सल्किएको आगो नियन्त्रण गर्न करीव डेढ घण्टा लागेको वारुण यन्त्र कार्यालयका प्रमुख चन्दन श्रेष्ठले जानकारी दिए।

आगलागीको खवर पाएपछि काठमाडौं दमकलसँगै ललितपुर र भक्तपुर दमकलसँगै नेपाली सेनाका दमकल घटनास्थल पुगेका थिए। आगो नियन्त्रण गर्न दमकलबाट पानी र डोजरले माटो हालेको थियो।

आगो के कारणले सल्कियो अहिलेसम्म कारण थाहा हुन सकेको छैन।

काठमाडौं महानगरले टेलिकम, विद्युत, इन्टरनेट तथा केवल टेलिभिजनजस्ता सेवा प्रदायकले सडक किनारामा जथाभावी छोडेका र व्यवस्थापन नगरेका तार काटेर ट्रान्सफर स्टेशनको एउटा कुनामा थुपारेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *