अमेरिकाद्वारा नेपाललाई खोप सहयोग गर्ने घोषणा
काठमाडौं। अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने भएको छ। विहीबार व्हाइटहाउसले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको काठमाडौंस्थित अमेरिकी राजदूत रेण्डी बेरीले जानकारी दिएका छन्। उनका अनुसार नेपाललाई कति डोज खोप उपलब्ध गराउने हो भन्ने विषयमा भने छलफल जारी रहेको बताएका छन्। उनले खोपको डोजबारे छिटै जानकारी आउने बताएका छन्।
I join my fellow Americans, & all friends of Nepal, in celebrating the @WhiteHouse announcement that Nepal will be among the countries to receive direct vaccine donations from the United States. More details are coming soon! Together we will #beatthevirus.https://t.co/0gM5inom5x pic.twitter.com/0aLf8p00iJ
— Ambassador Randy Berry (@USAmbNepal) June 3, 2021
अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललगायत एसियाली मुलुकलाई खोप उपलब्ध गराउने घोषणा गरेका हुन्। व्हाइट हाउसले २५ मिलियन डोज खोप सहयोगको घोषणा गरेको छ।
अमेरिकी सहयोग घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी निर्णयको स्वागत गरेका छन्। उनले ट्वीट गर्दै अमेरिकी सहयोगको स्वागत गरेका हुन्।
कोरोनाको दोस्रो लहरको चपेटामा परेपछि नेपाल सरकारले विभिन्न देशहरुसँग खोपका लागि पहल गरिरहेका बेला अमेरिकाले सहयोग गर्ने घोषणा गरेको हो। हालै राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेखेर खोप सहयोगका लागि अनुरोध गरेकी थिइन्। पूर्व युजराज्ञी हिमानी शाहको नेतृत्वमा रहेको हिमानी ट्रस्टको अमेरिकास्थित च्याप्टरले पनि खोपका लागि लबिंग गरेको थियो।
Facebook Comment