प्रतिनिधिसभा विघटनबारे सुनुवाइका लागि संवैधानिक इजलास गठन, यी हुन् न्यायाधीशहरु

डिसी नेपाल
२१ जेठ २०७८ ११:५४

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नयाँ संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटहरुमाथि सुनुवाइका लागि यो इजलास गठन गरिएको हो । यसअघि गठित इजलास विवादित भएपछि दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेका कारण अघिल्लो इजलास स्थगित भएको थियो ।

प्रधानन्यायाधीशले अहिले वरिष्ठताका आधारमा न्यायाधीशहरु छनोट गरी संवैधानिक इजलास गठन गरेका हुन्। यसअघि प्रधानन्यायाधीश र सर्वोच्च अदालत बार एसोसिएसनबीच बरिष्ठताका आधारमा न्यायाधीश छनोट गर्ने सहमति भएको थियो । शुक्रबार प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *