मन्त्रिमण्डलमा व्यापक फेरबदल गर्दै प्रधानमन्त्री ओली, अब तीनजना उपप्रधानमन्त्री हुने

डिसी नेपाल
२१ जेठ २०७८ १८:१६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल पुनःगठनको तयारी गरेका छन्। जसपालाई समेत शुक्रबार सरकारमा सहभागी गराउन उसलाई उपप्रधानमन्त्रीसहित ८ वटा मन्त्रालय दिँदैछ। साथै प्रधानमन्त्री ओलीले अहिले मन्त्रिमण्डलमा रहेका एमालेका चारजना बाहेक सबैलाई हटाएर नयाँलाई मन्त्री बनाउने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको लागेका हुन्। पौडेललाई उपप्रधानमन्त्रीसमेत बनाउन लागिएको छ।

यस्तै एमालेबाट रघुविर महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने बताइएको छ भने शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउन लागिएको छ। जसपाका राजेन्द्र महतो पनि उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री बन्ने छन्। यसअनुसार यो सरकारमा तीनजना उपप्रधानमन्त्री बन्ने भएका हुन्। नवनियुक्त मन्त्रीहरुको शुक्रबार नै शपथ ग्रहण हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *