राजेन्द्र महतोको देश टुक्र्याउने अभिव्यक्तिबारे ओलीसँग माधव समूहका १५ नेताले मागे जवाफ

डिसी नेपाल
२२ जेठ २०७८ २१:०४

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको एमाले माधव समूहका १५ नेताले विरोध गरेका छन् ।

मन्त्री महतोले शुक्रबार पदभार ग्रहण गर्दै उनले बहुल राष्ट्रिय मुक्ति आन्दोलनका लागि आफूहरु सरकारमा सहभागी भएको विावदास्पद अभिव्यक्ति दिएका थिए।

शनिबार माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै मन्त्री महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे केपी ओलीबाट स्पष्ट पारिनुपर्ने माग गरेका छन् ।

‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, वक्तव्यमा भनिएको छ ।

यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भन्ने व्यवस्थाको विरुद्ध रहेको ठहर गरिएको छ ।

शनिबार पनि महतोलेले जसपाको एउटा समूह महन्थ ठाकुर समूहले आयोजना गरेको बधाई कार्यक्रममा पनि सो भनाइ दोहोर्याएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *