गणतन्त्र कार्यान्वयन : पूर्व राजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री सिटौलाविचको वार्ता
![गणतन्त्र कार्यान्वयन : पूर्व राजा ज्ञानेन्द्र र तत्कालीन गृहमन्त्री सिटौलाविचको वार्ता](https://www.dcnepal.com/wp-content/uploads/2021/06/p04-080405-a2-1_1623027629.jpg)
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राती ११ वजे २३८ वर्ष लामो राजतन्त्रको विधिवत अन्त्य गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको घोषणा ग-यो । संविधानमा राष्ट्रपतिको व्यवस्था भयो । अनी पूर्व राजा ज्ञानेन्द्रलाई १५ दिन भित्र राजदरवार खाली गर्न आदेश दिदै नारायणहिटीलाई संग्राहलय वनाउने निर्णय भयो ।
सरकारले गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेलको संयोजकत्वमा पूर्व राजाको सुरक्षा प्रवन्ध वारे अध्ययन गर्न एउटा सुझाव कार्यदल वनाएको थियो । दरवारको सम्पत्ति मुल्याङकन तथा लगत संकलनका लागि सामान्य प्रशासन मन्त्रालयका सचिव गोविन्द कुशुमको संयोजकत्वमा अर्को टोली बनेको थियो ।
दुवै समिति दरवार परिसर भित्र पुगे पनि कामको वातावरण थिएन । यस्तैमा एक दिन संयोजक कुशमले गृहमन्त्री कृष्ण सिटौलासंग भने—मन्त्रीज्यू, सानो सानो कुरामा पनि दरवारका कर्मचारीवाट माथि जाहेर गर्नु पर्छ भन्ने जवाफ मात्र आउछ । राजनीतिक तहवाट सहज वातावरण नवनाउदासम्म काम गर्न गाह्रो हुने देखियो ।
सञ्चार माध्यममा पूर्व राजा दरवार छोड्न तयार भएनन् । नारायणहिटीवाट ट्रकका ट्रक अमुल्य सामान निर्मल निवास ओसारियो । दरवारमा महत्वपूर्ण कागजात जलाईयो । यी र यस्तै समाचार दिनहु जसो आइरहेका थिए ।
यही वातावरणका विच एक दिन विहान पुल्चोक स्थित मन्त्री क्वाटरवाट प्रधानमन्त्री निवास वालुवाटार जादै गर्दा गृहमन्त्री सिटौलालाई लाग्यो—वजार हल्ला साम्य पार्न र गणतन्त्र कार्यान्वयन गर्ने संविधानसभाको निर्णय वारे यथाशक्य चाडो पूर्व राजाको चाहना वुझ्नु जरुरी भैसक्यो ।
वालुवाटार पुग्ने वित्तिकै उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग भने—गिरिजावावु संविधानसभाको निर्णय कार्यान्वयनका लागि एक पटक पूर्व राजाको विचार वुझ्न भेटेरै कुरा गर्न जरुरी छ ।
कोइराला : अव के गर्ने त ? कसैलाई पठाउने कि के गर्ने ? कि तपाई जान सक्नु हुन्छ ?
सिटौला : तपाईले फोन गर्नु पर्छ पहिला । अनी म जान्छु ।
प्रधानमन्त्री कोइरालाले तत्काल दरवारका प्रमुख सचिव पशुपतिभक्त महर्जनलाई फोन गरे –गृहमन्त्रीजी आउदैहुनुहन्छ । उहाँलाई राजासंग भेटाउनु प-यो ।
सिटौलाले लेखकलाई सुनाए –एक्लै जाने आट भएन । एक्लै भेट्दा राजाले दरवार छोडेनन् भने मैले नै उकासे जस्तो हुन्छ । वाहिर अनेकौ हल्ला चलेका छन् । सेनाले सहयोग गदैन कि भन्ने हल्ला छ । मनमा कता कता डर लागेर आयो । त्यसपछि मुख्यसचिव भोजराज घिमिरे, गृह सचिव उमेशप्रसाद मैनाली, गृहमन्त्रालयका प्रवक्ता मोदराज डोटेल र दरवारको सम्पक्तिको लगत लिन वनाइएको समितिका संयोजक गोविन्द कुसुमलाईसंगै लिएर सिटौलाको टोली सहित जाने निर्णय गरे । विहान साडे १० वजे हाम्रो टिम नारायणहिटी तर्फ लाग्यो ।
दरवारको पश्चिम गेटमा केही वेर सरकारी टोलीका मोटर रोकिए । गृहमन्त्रीलाई लाग्यो – ट्राफिक मिलाउन रोकिएको होला । दरवार भित्र जान लाग्दा एक्कासी उनले मोटरमा आफ्नै अंगरक्षक देखेनन् । अचम्म लाग्यो । सोधे—खै त मेरा गार्ड । दरवारको परम्परा अनुसार उनलाई गेटमै ओरालिएको जवाफ सुरक्षामा खटिएका सैन्य अधिकारीहरुबाट आयो । गृहमन्त्रीले तत्काल दरवारका सुरक्षाकर्मीलाई सोधे—मेरो गार्डलाई रोक्ने आदेश कसले दियो । गृहमन्त्रीले भने—राजतन्त्र अन्त्य भैसक्दा पनि के को आदेश ? कसको आदेश ? अव नागरिक सरकारको आदेश चल्छ । म गृहमन्त्री मेरो गार्ड रोक्ने तिमी को ? गृहमन्त्रीले आफ्नै गार्डलाई संकेत गर्दै भने–हैन तिमी कसको गार्ड ह ? गार्ड वोलेनन् । चुपचाप मोटर चढे । दरवारका कर्मचारी एक अर्काको मुख हेर्न थाले । सन्नाटा छायो । कोही वोलेन । मोटर सिधै पूर्व राजा ज्ञानेन्द्रको खोपी तर्फ लाग्यो ।
पशुपतिभक्त महर्जन सहित दरवारका उच्च कर्मचारी र सैनिक अधिकारीका साथ पूर्व राजा ज्ञानेन्द्रले गृहमन्त्रीको स्वागत गरे । उनले सामान्य कुर्ता पाइजामा लगाएका थिए । सिटौलाले त्यो क्षण सम्झदै लेखकसंग भनेका छन् – देशको गृहमन्त्री र सम्मानीत नागरिक जस्तै कुरा भयो । पूर्व राजाले पनि आदरपूर्वक व्यवहार गरे । म पनि पूर्व राजा र दरवारका कर्मचारीको भावनामा कुनै प्रकारको आधात नपुगोस् भन्ने तर्फ एकदमै सचेत थिए ।
गृहमन्त्रीले संविधानसभा निर्वाचन र गणतन्त्र घोषणाको निर्णयलाई शान्तिपूर्ण रुपमा स्वीकार गरी सहयोग गरेकोमा पूर्व राजालाई धन्यवाद दिए। सिटौलाले भने—विश्वमा राजतन्त्रको अन्त्य हुदा ठूला ठूला घटना भएका छन् । तर तपाईले जनताको निर्णयलाई जुन प्रकारले सहज रुपमा स्वीकार गर्नु भयो । त्यसका लागि प्रधानमन्त्रीले धन्यवाद दिनु भएको छ । सरकारले नारायणहिटी दरवार १५ दिनमा खाली गरेर यसलाई संग्रहलय वनाउने निर्णय गरेको छ । जनताको निर्णयलाई तपाईले सदा झै सहयोग गर्नु नै हुनेछ ।
सिटौलाले थपे—यस बीच सञ्चार माध्यमहरुमा समाचार आएका छन् । महत्वपूर्ण कागज पत्र जलाइए । सम्पत्ति सारियो आदी इत्यादी । त्यसले सरकारलाई चिन्तीत वनाएको छ । हुनत सरकारलाई वाहिर आएका कुरा सत्य हुन भन्ने विश्वास छैन ।
जवाफमा पूर्व राजाले भने—हैन हैन । पत्रपत्रिकामा झुठा समाचार आइरहेका छन् । यहाँ त्यस्तो केही भएको छैन । कसरी यस्तो समाचार आए। मलाई पनि यसले दुःखी वनाएको छ । सिटौलाले भने—तपाईले जनताको निर्णयलाई सहर्ष स्वीकार गरेर सहयोग गर्नुभएको छ । अव पनि सरकारलाई जानकारी गराई प्रेससंग आफ्नो कुरा राखेर जानु उचित हुने छ ।
यति कुरा भए पछि ज्ञानेन्द्र अलि खुलस्त भए ।
पूर्वराजाले भने—गृहमन्त्रीज्यूसंग म छुट्टैमा कुरा गर्न सक्छु । अनी मुख्यसचिव, सरकारी कर्मचारी, दरवारका सचिव तथा सुरक्षाकर्मी बैठक हलवाट वाहिरिए ।
हलमा पूर्व राजा र गृहमन्त्री सिटौलामा मात्र बाँकी छन् । पूर्व राजाले भने—सरकारले दरवार छोड्न भनेको छ तर मसंग बस्ने ठाँउ नै छैन । मुमावडामहारानी रत्न र ९४ वर्षकी हजुरआमा (सरला मानन्धर राजा त्रिभुवनकी कान्छी श्रीमती) हुनुहुन्छ । फेरी यहाँसंग उहाँहरुको सेन्टीमेन्ट जोडिएको छ ।
सिटौलाले भने— यो ठूलो कुरा होइन, समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ । पूर्व राज्य प्रमुखको हैसियतमा तपाईलाई सुरक्षा र आवास सुविधा दिन सकिन्छ । म प्रधानमन्त्री ज्यूसंग सल्लाह गरेर खवर पठाउछु । गिरिजावावु यति पाको नेता हुनहुन्छ । मलाई विश्वास छ, उहाँले यो समस्या वुझ्नु हुने छ र सहयोग पनि गर्नुहुनेछ ।
त्यहाँ सिटौलाले सम्झाए—के गर्ने नेपालको राजतन्त्रको नियति नै यस्तै रहेछ । तपाईको कार्यकालमा आएर टुंगिनु पर्ने । तपाईले परिवर्तनलाई आत्मसात गरेकोमा प्रधानमन्त्री कोइराला सन्तुष्ट हुनुहुन्छ । उहाँले तपाईको हजुरवुवा त्रिभुवन, बुवा महेन्द्र, दाजु बीरेन्द्रसंग राजनीति गर्नु भयो ।
पूर्व राजाले भने–फेरी मलाई नागार्जुनमा बस्ने व्यवस्था भयो भने पनि मैले बेला बेलामा मुमा र हजुरमुमालाई भेट्न नारायणहिटी आइरहनु पर्ने हुन्छ ।
गृहमन्त्रीले भने –यो ठूलो समस्या हैन म प्रधानमन्त्रीसंग कुरा गरेर मिलाउछु ।
पूर्व राजाले कुरा अघि वढाए—गृहमन्त्री ज्यू, राणाहरुले राजमुकट साथमै लिएर गएका थिए भन्ने सुनेको छु । राजमुकुट हस्तान्तरण नगर्ने पूर्वराजाको मनशाय बुझेर पछि सिटौलाले यसरी सम्झाए—राणाहरुले नवुझाएकै कारण आज जनतालाई उनीहरुको मुकुट वारे केही थाहा छैन ।
होला मुकुट बेचेर तिनीहरुले केही करोड पाए होलान् । त्यो बेच्दा पनि के नै हुन्छ र । केही करोड वा अरव रुपैयाँ आउछ होला । सम्पक्ति सञ्चय गरेर के हुन्छ र । छोरा नातीको पालासम्म त त्यो सकिन्छ नै ।
उनले थपे—शाहवंशको श्रीपेचलाई राष्ट्रिय सम्पत्तिका रुपमा राख्ने भनेर नै नारायणहिटीलाई राष्ट्रिय संग्राहलय वनाउने निर्णय भएको हो । यो दायित्व सरकारले पुरा गर्ने छ । यो अमुल्य सम्पत्ति इतिहासमा शाहवंशकोे चिनोका रुपमा चिर पर्यान्तसम्म जनताले हेर्न पाउनेछन् ।
अनी ज्ञानेन्द्रले राजमुकुटको प्रसंग निकालेनन् । सरकारलाई दिन मौन सहमति जनाए । सिटौलाले फेरी भने—दरवारको सम्पक्तिको लागत तयार गर्न वनेको समितिले काम गर्ने वातावरण पाएको छैन । तपाईले सहयोग गर्नु प-यो । म अहिले सहयोगी सहित हजुरको वेडरुमसम्म हेर्न चाहन्छु । पूर्व राजाले तत्काल गृहमन्त्रीलाई नारायणहिटी परिसर घुमाउन आदेश दिए ।
पूर्व राजाले भने—यहाँ मेरो गाई गोठ पनि छ मन्त्रीज्यूले त्यो पनि हेरिदिनु प-यो ।
पूर्व राजासंग झण्डै ४५ मीनेट एक्लै कुरा गरेर बैठक कक्षवाट वाहिरिए । फर्किनै लाग्दा सिटौलाले भने गणतन्त्र कार्यान्वयनका लागि सहयोग गर्नु भएकोमा प्रधानमन्त्रीले तपाईलाई धन्यवाद दिनु भएको छ ।
गृहमन्त्रीलाई दरवार परिसर घुमाउन एउटा वस तयारी अवस्थामा थियो । सिटौलाले लेखकलाई सुनाए –दरवारको चलन नै त्यस्तै रहेछ । आफ्नै गाडीमा राखेर घुमाउने । मैले भने –म आफ्नै गाडीमा जान्छु । एक जर्नेलले गृहमन्त्रीको टोलीलाई नारायणहिटी घुमाए । पूर्व राजाको गाईगोठ देखे पछि चाँही गृहमन्त्रीलाई अचम्म लाग्यो ।
साँच्चै रहर लाग्दा ठूला ठूला कचौडा भएका गाई थिए । अन्तमा दरवारका कर्मचारी, सैनिक अधिकारी र नेपाल सरकारका अधिकृतहरुको संयुक्त बैठक भयो । उनीहरुलाई आवश्यक निर्देशन दिएर उनी फर्किए । सिटौलाले लेखकसंग भनेका छन्–त्यो कार्यक्रमको मुख्य उद्देश्य दरवार छोड्न सरकारले दिएको आदेश वारे पूर्व राजाको आशय वुझ्ने, सम्पत्तिको लगत संकलन टोलीलाई सहज रुपमा काम गर्ने वातावरणमा वनाई दिने, राजतन्त्रको संस्कारमा हुर्केका कर्मचारीलाई परिवर्तनको सन्देश दिदै रुपान्तरणका लागि प्रेरित गर्ने नै थियो ।
दरवार छिरेको एक घण्टा तीस मिनेट पछि पूर्व राजा ज्ञानेन्द्र र रानीहरुलाई मानविय आधारमा निवास दिनु पर्छ भन्ने मानसिकताका साथ गृहमन्त्री फर्किए । प्रधानमन्त्री कोइरालालाई पूर्व राजासंगको भेटवारे व्रिफ गरे ।
गाईको प्रसंग सुनाउदा प्रधानमन्त्री कोइराला दंग परेका थिए । दरवारवाट फर्किदा रानीहरु जिवीत रहदासम्म गाई पाल्न दिनु भन्ने आदेश दिएको पनि सुनाए ।
कोइरालाले जनताको आदेशलाई शान्तिपूर्ण रुपमा स्वीकारेका कारण पूर्व राज्यप्रमुखको हैसियतमा ज्ञानेन्द्रलाई सुरक्षा र निवास दिने प्रस्ताव मन्त्रीपरिषद्मा पेश गर्न सिटौलालाई निर्देशन दिए ।
२०६५ जेठ २२ गतेको मन्त्रीपरिषदमा पूर्व राजालाई नागार्जुन दरवार प्रयोग गर्न दिने प्रस्ताव पेश भयो । माओवादी तर्फका भौतिक योजना मन्त्री हिसिला यमी र वन मन्त्री मातृका यादवले त्यसको चर्को विरोध गरे ।
मन्त्री हिसिला यामी कराइन – किन दिनु प¥यो उसलाई नागार्जुन दरवार । त्यो रत्नलाई नारायणहिटीमा वस्न दिनु षड्यन्त्र हो । नौनी जस्तो बोल्ने गृहमन्त्री सिटौला राजालाई ठूलो दरवारबाट सानोमा सार्न षड्यन्त्र गरिरहेका छन् ।
एकातिर दुई मन्त्रीको चर्को विरोध अर्कोतिर माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णवहादुर महरा बोल्दै न बोल्ने । मन्त्रीपरिषद्ले राजाको लागि बैकल्पिक व्यवस्था नगरेसम्म दरवार छाड्न कठिन हुने बताएका थिए । सिटौलालाई झनक्क रिस उठ्यो । भनिदिए–हिसिलाजी ८० बर्ष नाघेकी रत्न र सरलालाई हठात हटाउदा जे पनि हुन सक्छ । मानवियताका आधारमा पनि हेर्नु पर्छ ।
धेरै वेर सम्झाए पनि हिसिलाले अडान छोडिनन् । सिटौलालाई झोक चल्यो–तपाई उनीहरुलाई तानेर दरवारबाट हटाउनुस् मेरो प्रहरी जादैन ।
केही वेरको गर्मागर्म छलफल पछि माआवादी मन्त्रीहरु पूर्व राजालाई नागार्जुन दरवार दिन सहमत भए । एउटा वाटो खुल्यो ।
तर राजाकी आमा रत्न र ९४ वर्षिया हजुरआमा सरला मानन्धरलाई वाँचुन्जेल नारायणहिटी राजदरवार भित्र उनीहरुले प्रयोग गर्दै आएका वंगला दिने प्रस्ताव भने पारित हुुन सकेन ।
प्रधानमन्त्री र गृहमन्त्रीले बैठकमा माओवादी मन्त्रीलाई पटक पटक सम्झाउने प्रयत्न गरे । उमेर ढल्केका वृद्धाहरुलाई जवरजस्ति निकाल्दा दुर्घटना भयो, हर्ट एट्याक नै भयो भने के गर्ने ? तर पनि माओवादी मन्त्री तयार भएनन् ।
माओवादी मन्त्रीलाई त्यस दिन प्रधानमन्त्री कोइरालाले भनेका थिए –जनताको निर्णय आत्मसात गर्दै पूर्व राजा शान्तिपूर्वक दरवार छोड्न तयार भएको वेला हामीले सानो चित्त राख्नु हुदैन ।
सिटौलाले लेखकलाई सुनाए – कसैगरी मन्त्रीहरु सहमत नभएपछि यो निर्णय गर्न अन्तत माओवादी अध्यक्ष प्रचण्डलाई राजी गराउनु प-यो । प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्डवीच भएको वार्तालाप यस्तो थियो ।
कोइराला : हेर्नुस प्रचण्डजी तपाईहरुलाई जंगलवाट ल्याउदा हामीले यति धेरै दिएका छौ । २४० वर्षको राजतन्त्र हटाउदा एउटा नागार्जुन दिन किन यति गाह्रो ?
प्रचण्ड : ठिक छ गिरिजाबाबु तपाई प्रधानमन्त्री हो । निर्णय गराउनुस् म विरोध गर्दिन ।
अनी मात्र जेठ २६ गतेको मन्त्रीपरिषदबाट पूर्व राजाकी आमा रत्न र हजुरआमा सरलालाई उनीहरुले प्रयोग गर्दै आएको वंगला दिने निर्णय ग-यो । जेठ २७ गते गृहमन्त्री सिटौला र सञ्चारमन्त्री कृष्णवहादुर महराले पत्रकार सहित नागार्जुन दरवारको निरिक्षण गरे ।
गर्मी छल्न बनाइएको त्यो दरवार सामान्य थियो । दुई चार घर छन् । समान्य प्रकारको सजावट । नागार्जुनको निरिक्षण पछि सिटौलालाई लाग्यो राजाहरु सामान्य रुपमा बसेका रहेछन् । गणतन्त्रलाई आत्मसात गरेर शान्तिपूर्ण रुपमा उनी दरवार छोड्न तयार हुनु नै ठूलो उपलव्धि हो । बिना रक्तपात संसारका राजाले छोडेका इतिहास विरलै पाइन्छ ।
जेठ २९ गते गते पूर्व राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरी नारायणहिटी राजदरवार छोडे ।
अन्वेषणन्युजबाट
Facebook Comment