फेरि दौडधुपमा प्रचण्ड, नेपाललाई भेटेलगत्तै देउवा निवास पुगे

डिसी नेपाल
२४ जेठ २०७८ १४:१६

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विकसीत राजनीतिक घटनाक्रमको लागि पुन राजनीतिक दौडधुपमा व्यस्त भएका छन। अध्यक्ष प्रचण्ड एमालेबाट निष्कासनमा परेका नेता माधवकुमार नेपालसँगको छलफल सके लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन्।

प्रचण्ड र नेपालबीच सोमबार विहान करिव पौने एक घण्टा कोटेश्वरमा छलफल भएको थियो।

नेता नेपाल र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो। आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्ने कार्यक्रम पनि छ।

नेपाललाई भेटेलगत्तै प्रचण्ड अहिले देउवासँग छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *