‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’को शीर्ष स्थानमा रिया चक्रवर्ती

डिसी नेपाल
२४ जेठ २०७८ १४:४६

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि अभिनेत्री रिया चक्रवर्ती निकै चर्चामा आइन् । २०२० सालमा उनी स्पटलाइनमा रहिरहिन् । अब रिया चक्रवर्ती ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ सूचीको शीर्ष स्थानमा परेकी छिन् । यो सूचीमा हरेक क्षेत्रमा ४० वर्षभन्दा कम उमेरका महिलाहरुलाई सहभागी गराइएको थियो ।

यो सूचीमा ती महिलाहरुलाई राखिएको छ जसले २०२० मा धेरैको मन जितेका छन् वा धेरैको मनमा गहिरो छाप छोडेका छन् । रियाले चर्चित बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, दिशा पाटनी, कट्रिना कैफ लगायतलाई उछिनेकी छिन् । गत वर्ष रिया निकै चर्चामा रहिन् यद्यपि उनी चर्चामा धेरै नकारात्मक कुराहरुका कारणले रहिन् । सुशान्तको परिवारले रियामाथि कैयौं गम्भीर आरोप लगाएका थिए । रिया ड्रग्स केसमा जेल पनि गइन् । अहिले उनी जमानतमा बाहिर छिन् ।

द टाइम मोस्ट डिजायरेबल वुमन २०२० को सूचीमा दोस्रो स्थानमा एडलिन क्यास्टेलिनो छिन् । उनी मिस युनिभर्स २०२० की थर्ड रनरअप हुन् । तेस्रो स्थानमा दिशा पाटनी, चौथो स्थानमा कियारा आडवाणी र पाँचौं स्थानमा दीपिका पादुकोण छिन् । यस्तै छैटौं स्थानमा कट्रिना कैफ, सातौं स्थानमा ज्याकलिन फर्नान्डिज, आठौं स्थानमा अनुप्रिया गोयन्का, नवौं स्थानमा रुही सिंह र दशौं स्थानमा आवृत्ति चौधरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *