सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त

डिसी नेपाल
२५ जेठ २०७८ १२:५५

काठमाडाै। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभामा भएको मतदानमा सहभागी कुल ५१ मतमध्ये ३० मत प्राप्त गरेका हुन्।

नेकपा एमालेको माधव नेपाल समुहले मत दिएपछि मुख्यमन्त्री पद जोगिएको छ। मुख्यमन्त्रीको विपक्षमा ९ मत परेको छ भने कांग्रेस तटस्थ बसेको छ । यसअघि मत नपुग्ने अवस्थामा कांग्रेसले पनि सहयोग गर्ने निर्णय गरेको थियो तर मत पुग्ने भएपछि टतस्थ बसेको हो।

सुदूरपश्चिम सरकारलाई समर्थन गर्ने सवालमा एमाले संसदीय दल विभाजित भएको थियो। माधव नेपाल पक्षले बहुमतका आधारमा सरकारको समर्थनमा मत हाल्ने निर्णय लिए पनि ओली पक्षका संसदले केन्द्रको निर्देशन अनुसार विपक्षमा भोट हालेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *