८ जना नयाँ मन्त्री थपिए, यी हुन् थपिएका मन्त्रीहरु

डिसी नेपाल
२७ जेठ २०७८ १३:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेर मनित्रपरिषदलाई पूर्णता दिएका हुन् । थपिएका मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे गर्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्रीले नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा संचारमन्त्री, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री, गणेश पहाडी सामान्य प्रशासनमन्त्री र आशा विक वन राज्यमन्त्री बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *