थप ३ हजार ७ सय जनामा कोरोना पुष्टि, ५ हजार बढी निको

काठमाडौं । बिहिबार नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ९०१ पीसीआर र ५ हजार ३३७ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ८७४ र एक हजार जना गरी ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २९३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ७७ हजार ८५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५९ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ८ हजार २३८ जनाको मृत्यु भएको छ ।
यस्तै देशभर ६१६ जना क्वारेन्टिनमा रहेका छन ।
प्रतिक्रिया
Facebook Comment