सर्वोच्चले कर्णालीका चार सांसदको पदबहाली गरेपछि भीम रावलको ट्वीट

डिसी नेपाल
२७ जेठ २०७८ २२:४४

काठमाडौं। सर्वोच्च अदालतले विहीबार कर्णालीका चारजना सांसदको पदबहाली गरेपछि एमालेको माधव समूहलाई राहत भएको छ। फ्लोर क्रस गरेपछि एमालेको १० औं महाधिवेशन आयोजक कमिटीले उनीहरुलाई पदबाट निष्कासन गर्दै सांसद पदबाटसमेत कारबाही गर्ने निर्णय गरेको थियो।

तर, सर्वोच्चले विहीबार महाधिवेशन आयोजक कमिटीले कारबाही गर्न नमिल्ने भन्दै उनीहरुलाइृ पदबहाली गरिदिएपछि माधव समूहका नेता भीम रावलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्।

उनले ट्वीट गरेका छन्, ‘आज सर्वोच्च अदालतको फैसलाले केपी ओलीबाट पार्टी विधान विपरीत गठित दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई अवैध ठहर गरी कर्णाली प्रदेश सभाका चार सदस्यमाथिको कार्वाई रोकिदिएको छ। चारैजना प्रदेश सभा सदस्य कमरेडहरूलाई बधाई। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा अभियान जारी राखौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *