सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

डिसी नेपाल
२८ जेठ २०७८ ९:५७

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र कानून व्यवसायीहरुसँग छुट्टाछुट्टै छलफल गर्दै आएक थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *