बादलको राजनीतिक स्खलन, नैनकलालाई मन्त्री पद

डिसी नेपाल
२८ जेठ २०७८ १०:२६

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी सरकारको टीमलाई हिजो पूर्णता दिंदा शायद् पूर्वमाओवादी कमाण्डर रामबहादुर थापा बादलको घरमा खुसीयाली। किनकि बादल मन्त्रीबाट हटेको केही सातामै आफ्नो घरमा फेरि मन्त्री पद भित्रिएको थियो। उनकी पत्नी नैनकला थापा संचारमन्त्री बनाइन्।

निकै कम बोल्ने, बोलिहाले अपूर्ण कुरा गर्ने र स्वाभावले लडाकूझै देखाउन खोज्ने पूर्वकमाण्डर बादलले आफ्नो कोटाबाट एकजना मन्त्री बनाउनु पर्ने थियो। प्रधानमन्त्री ओलीले उनलाई नै आफ्नो तर्फबाट एकजनालाई मन्त्री पदमा छान्ने जिम्मेवारी दिएका थिए।

माओवादी बिद्रोहका समयमा उनीसँगै लडेका केही व्यक्तिहरु अहिले पनि बादलको साथमा छन्। राजनीतिक सहयोगीका रुपमा रहेका उनीहरुलाई बादलले ओली सरकारमा मन्त्री बनाउन सक्थे।

तर, उनले त्यसो गरेनन्। मन्त्री पद सकेसम्म आफू र नसके परिवारभन्दा बाहिर जानुहुन्न भन्ने मानसिकताले नै काम गरेको आरोप हिजोको मन्त्रिपपरिषद्को पुनर्गठनले स्पष्ट पारिदियो।

यो घटनाले राजनीतिक उचाइको ठूलै हाउगुजी बनेका बादललाई एकैपटक स्खलित बनाइदिएको छ। उनको साथमा बर्षैंदेखि आन्दोलनमा साथ दिएका व्यक्तिहरुले स्वभाविकरुपमा अपमानवोध गरेका छन्।

बादल पत्नी नैनकला थापालाई संचार तथा सूचनाप्रविधि मन्त्री बनाइदिँदा तत्कालका लागि प्रधानमन्त्री ओलीलाई सत्ता साझेदारीको अंकगणितमा केही राहत त मिल्ला तर उनलाई पनि सत्ता टिकाउन अनेकै सम्झौता गरेको आरोपको जवाफ केही समयसम्म दिइरहनुपर्ने छ।

आफ्नो भागमा आउँदा र आफूले सत्तामा भाग लिन नसक्ने अवस्था आउँदा कम्तिमा आफ्ना काँधमा काँध मिलाएर राजनीतिमा खटेका अरु नेताहरुलाई सम्झेको भए उनको राजनीतिक उचाइ बढ्थ्यो तर उनले आफ्नै पत्नीबाहेक आफ्नो समूहमा मन्त्री बन्न योग्य अरु व्यक्तित्वहरु देखेनन्।

बादल पत्नी नैनकला थापालाई संचार तथा सूचनाप्रविधि मन्त्री बनाइदिँदा तत्कालका लागि प्रधानमन्त्री ओलीलाई सत्ता साझेदारीको अंकगणितमा केही राहत त मिल्ला तर उनलाई पनि सत्ता टिकाउन अनेकै सम्झौता गरेको आरोपको जवाफ केही समयसम्म दिइरहनुपर्ने छ।

तर, बादललाई यो प्रश्नले उनको जीवन पर्यन्त छोड्ने छैन। अवसर आउँदा परिवार रोज्ने अनि अप्ठेरो पर्दा कार्यकर्ता लडिदिनुपर्ने? किन आफ्नै पत्नीलाई नै छानेको? भन्ने प्रश्नको उत्तर उनले जीवन पर्यन्त दिइरहनुपर्ने छ।

बादल पत्नी थापाको योग्यता के हो? उनले भविष्यमा गर्ने कामले देखाउँला। उनीप्रति अहिले नै अविश्वास गर्नु उचित हुँदैन। तर, बादलले आफ्नो समूहमा मन्त्री बन्न योग्य कार्यकर्ता नभएकै भएकै कारणले पत्नी छान्न बाध्य भएका हुन्?

नैतिकता, इमान्दारिता र राजनैतिक चरित्रलाई ठूलो धक्का दिँदै बादलले पत्नीलाई मन्त्री पदका लागि छनौट गर्नुले अव कुनै अर्को अवसर आए आफ्ना छोरालाई अघि नसार्लान् भनेर कसरी विश्वास गर्ने? यी प्रश्नहरु भने हिजैदेखि नेपाली जनमनमा उठेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *