गण्डकीमा सरकारका बनाउनका लागि दावी पेश गर्न आव्हान

डिसी नेपाल
२८ जेठ २०७८ १६:०६

काठमाडौं। गण्डकीकी प्रदेश प्रमुख सीता पौडेलले सरकार बनाउने दावी पेश गर्न आव्हान गरेकी छन्। शनिबार दिउँदो ३ बजेसम्मको समय दिएर सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरिएको छ। पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएपछि उनको सरकार विहीबार ढलेको थियो।

एक महिनअघि सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गुरुङ संविधानको धारा १६८ को उपधारा ३ बमोमिजम मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि उनले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशभसामा विश्वासको मत मागेका थिए।

तर, उनको प्रस्ताव असफल भएपछि उनी स्वतः पदमुक्त भएका थिए।

प्रदेशसभाले शुक्रबार मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतको प्रस्ताव असफल भएको जानकारी प्रदेश प्रमुखलाई दिएपछि शुक्रबार नै सरकार बनाउने दावी पेश गर्न आव्हान गरिएको हो। प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरेकी हुन्।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन्। जनमोर्चाका कृष्ण थापा शुक्रबार पदमुक्त भएसँगै प्रदेशसभा ५९ सदस्यीय कायम भएको छ।

विपक्षी गठबन्धनसँग ३० मत रहेको शुक्रबारको मतदानले देखाएको छ। त्यसमा राजीव गुरुङपनि जोडिने भएपछि विपक्षी गठबन्धनको ३१ मत हुने देखिएको छ। काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र जोडेर बनेको विपक्षी गठबन्धनको स्पष्ट बहुमत देखिएकाले काँग्रेसका नेपाली मुख्यमन्त्री बन्ने लगभग पक्का छ। यदि नेपाली मुख्यमन्त्री बने भने पहिलो पटक कुनै मुख्यमन्त्रीले कार्यकाल अघि सत्ताबाट बाहिरिनुपर्ने छ भने काँग्रेसले पहिलो पटक कुनै प्रदेशमा सरकार बनाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *