गण्डकीः विपक्षी गठबन्धनद्वारा बहुमत सांसदकाे हस्ताक्षरसहित सरकार बनाउने दावी

डिसी नेपाल
२८ जेठ २०७८ १७:३५

काठमाडौं। गण्डकी प्रदेशमा सरकार बनाउन विपक्षी गठबन्धनका तर्फबाट काँग्रेस नेता कृष्णचन्द्र नेपालीले सरकार बनाउने दावी गरेका छन्। विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदसहित उनी शुक्रबार प्रदेश प्रमुख सीता पौडेलको कार्यालय पुगेका हुन्। सरकार बनाउने दावी गरिएकाे पत्रमा ३१ जना सांसदकाे हस्ताक्षर रहेकाे छ।

५९ सदस्यीय प्रदेशसभाका ३१ जना सांसदहरुसहित विपक्षीहरुले सरकार बनाउने दावी पेश गरेका हुन्। काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र स्वतन्त्र गरी विपक्षी गठबन्धनको ३१ सिट पुगेको छ। स्वतन्त्र सांसद राजीव गुरुङ ऊर्फ दीपक मनाङेसमेत विपक्षीको गठबन्धनमा सहभागी भएका छन्।

प्रदेश प्रमुख पौडेलले शुक्रबार २४ घण्टाको समय दिएर सरकार बनाउनका लागि दावी पेश गर्न आव्हान गरेकी थिइन्। दावी पेश गर्ने समय शनिबार दिउँसो ३ बजेसम्म भए पनि विपक्षी गठबन्धनले प्रदेश प्रमुखले आव्हान गरेको केही घण्टामै दावी पेश गरेको हो।

एमाले नेता तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विहीबार प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि उनी स्वतःपदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउनका लागि प्रदेश प्रमुखले दावी पेश गर्न आव्हान गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *