बागमती प्रदेशसभामा काँग्रेस सांसद वैद्यको प्रधानमन्त्रीको नाम लिएर अमार्यदित टिप्पणी

डिसी नेपाल
२८ जेठ २०७८ २३:०१

काठमाडौं। बागमती प्रदेश सभाको शुक्रबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै काँग्रेस सांसद नरोत्तम वैद्यले संसदीय मर्यादा नाघेर बोलेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै उच्चारण गरेर असंसदीय भाषा बोलेका हुन्। उनले सम्बोधनका क्रममा भनेका छन्, ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्। त्यसैले मेरो आग्रह छ, अब कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्यो मुलुक बचाउनलाई, कोही नाथुराम बन्न तयार छैन भने म बन्छु।’

नाथुराम गोड्से महात्मा गान्धीलाई गोली हान्ने व्यक्ति हुन्। यसरी काँग्रेस सांसद वैद्यले अमार्यदित भाषा बोलेपछि सवत्र आलोचना भएको छ। सामाजिक सञ्जालमा वैद्यको भाषाको तिब्र आलोचना भइरहेको छ।

आलोचना बढेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले उनलाई आत्मआलोचना गर्न निर्देशन दिने बताएका छन्। र उनले पार्टीले वैद्यको भाषाको बचाउ नगर्ने बताएका छन्। उनले सडकमा पनि बोल्न नमिल्ने भाषा संसदमा बोलिएको भन्दै आलोचनासमेत गरेका छन्।

उनले भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न। आवेगको बोलि र ब्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न ! शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन!’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *