बालकविता : नानीलाई सन्देश
जाऊ नानी घर जाऊ,
तातोतातो खाना खाऊ ।
मास्कले मुख छोप्नु है,
कोरोनालाई रोक्नु है ।।
घर बाहिर नजानू,
हात नधोई नखानू ।
बाबाआमा सँगसँगै,
पढ्नु लेख्नु अचम्मै ।।
खेल खेल्नु पर्छ नि,
यसले राम्रो गर्छ नि ।
मनोरञ्जन नि लिनू
घरमा दुःख नदिनू ।।
घर मावल नगर्नू,
तल खोला नझर्नू ।
बैशाख जेठ गर्मी छ,
बाहिर रोग सर्नी छ ।।
बासी चिसो नखानू,
भिडभाडमा नजाूु ।
भोज भतेर भए नि,
नजाऊ अरू गए नि ।।
रोग फैलेको छ अहिले,
ज्यान बचाउनु छ पहिले ।
बाँचे नाता भेटम्ला,
मनको प्यास मेटम्ला ।।
सकारात्मक सोच्नू है,
धैर्य सधै गर्नू है ।
हेलचक्राइंले ल्याउँछ काल,
जानु पर्छ अस्पताल ।।
एकदिन रोग भाग्ने छ,
फेरी स्कूल लाग्ने छ ।।
चल्छ स्कुल बस नि,
आउँछ पढ्दा रस नि ।।
बजार खुल्छ फेरी,
मन भुल्दछ हेरी ।
पुतली झैं फूलमा,
घुम्न पाइन्छ हुलमा ।।
ऐले शान्त बनी जाऊ,
मन धेरै नतर्साऊ ।
भाइबहिनी सबै,
सचेत रहनु सधै ।।
मनबहादुर खत्री ‘मनु’
इस्मा–२, मैनडाँडा, गुल्मी
Facebook Comment