गण्डकीको सत्ता संघर्षमा नयाँ ट्वीस्टः पदमुक्त सांसदको समर्थनमा गुरुङले पनि सरकार बनाउने दावी गरे

डिसी नेपाल
२९ जेठ २०७८ १६:१०

काठमाडौं। गण्डकी प्रदेशको सत्ता संघर्षमा शनिबार नयाँ ट्वीस्ट त्यतिबेला आयो जब काम चलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि सरकार बनाउने दावी लिएर प्रदेश प्रमुखको कार्यालय पुगे। प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार सरकार बनाउनका लागि शनिबार ३ बजेसम्म दावी पेश गर्न आव्हान गरेकी थिइन्। सो समय सकिनै लाग्दा गुरुङले जनमोर्चाका पदमुक्त भइसेका सांसद कृष्ण थापा र जसपा प्रदेश कमिटीको पत्रसहित सरकार बनाउने दावी पेश गरेका हुन्।

विपक्षी गठबन्धनले शुक्रबार नै बहुमत (३१)जना सांसदसहित उपस्थित भएर सरकार बनाउने दावी पेश गरिसकेको छ। तर, शनिबार गुरुङले नयाँ राजनीतिक दाउपेच गर्दै सरकार बनाउने दावी गरेका हुन्। गुरुङले विहीबार प्रदेशसभामा पेश गरेको विश्वासको मतको प्रस्तव असफल भएको थियो। उनको प्रस्ताव असफल भएसँगै उनी स्वतःपदमुक्त भएका थिए। तर, शनिबार जनमोर्चाको कारबाहीमा पदमुक्त भइसकेका सांसदको समर्थन र जसपाको प्रदेश कमिटीको समर्थन बोकेर सरकार बनाउने दावी गरेका हुन्।

केन्द्रमा जसपाको विवाद चलिरहेको छ। प्रदेशमा जसपाका दुई जना सांसद छन्। दुबैजना विपक्षी गठबन्धनमा छन्। गण्डकीमा पनि केन्द्रकै जस्तो प्रकरण दोहोरिने सम्भावना बढेको छ। प्रदेश प्रमुखले के निर्णय लिन्छिन् त्यो भने हेर्न बाँकी नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *