केही खुकुलो बनाएर उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियाे

डिसी नेपाल
३० जेठ २०७८ १६:२५

काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिने भएको छ। आइतबार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको अवधि एक साता थप गर्ने निर्णय गरेको हो। निषेधाज्ञा थपिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

वैशाख १६ गतेदेखि पटक पटक गरि लागु गरिएको निषेधाज्ञाको अवधि सोमबार रातिबाट सकिन लागेको बेला उपत्यकामा तीनै जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा पुनः एक साता थप गरेको हो। अबको निषेधाज्ञामा केही परिमार्जन समेत भएको छ।

संक्रमण दर कम हुँदै गएकाले थप गरिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएको छ। अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्नेछन्। अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गरिनेछ। पुस्तक पसल बिहान ११ बजेसम्म खुल्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *