जसपामा एक अर्कामाथि भएको कारबाही निर्वाचन आयोगद्वारा अस्वीकार

डिसी नेपाल
३० जेठ २०७८ १८:०६

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)मा भएको एकअर्कामाथिको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएन। निर्वाचन आयोगको आइतबार बसेको बैठकले जसपा अधयक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुर र नेताहरु राजेन्द्र महतो, लक्ष्मण लालकर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरिएको भन्दै आयोगको दर्ता कितावमा रहेको अभिलेख अध्यावधिक गर्न निवेदन दिएको थियो।

यस्तै अर्का अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरिएको भन्दै अभिलेख अध्यावधिक गर्न निवेदन दिएका थिए।
तर, निर्वाचन आयोगले पार्टीका पदाधिकारीलाई हटाउनु र हेरफेर गर्नु फरक रहेको भन्दै दुबै समूहको मागलाई अस्वीकार गरेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले डिसी नेपालसँग भने, ‘उहाँहरु दुबै पक्षले राजनीतिक दल सम्बन्धी नियामवलीको दफा ५१ अनुसार विवरण हेरफेरका लागि निवेदन दिनु भएको थियो। त्यसअनुसार हुन नसक्ने आयोगले निर्णय गरेको छ। विवाद निरुपणका लागि दफा ४३ अनुसार आए आयोगले थप निर्णय लिनसक्छ।’

जसपा विवादः बहुमत नपुगेपछि महन्थ समूहले निर्वाचन आयोगमा पत्र बुझाउन सकेन

ओली सरकारमा सहभागी हुने विषयलाई लिएर जसपामा विवाद चुलिएपछि एकअर्का पक्षले कारबाही गरेका थिए। महन्थ ठाकुर समूह ११ मन्त्रीसहित सरकारमा सहभागीसमेत भइसकेको छ। तर, उपेन्द्र समूह भने ओली सरकारको विरोधमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *