माधव नेपाल निवासमा देउवा र नेपालबीच छलफल हुँदा प्रचण्ड पनि पुगे

डिसी नेपाल
३१ जेठ २०७८ १८:०७

काठमाडौं। विपक्षी गठबन्धनका प्रमुख नेता काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेमा समानान्तर गतिविधि गरिरहेका वरिष्ठा नेता माधवकुमार नेपालबीच छलफल भएको छ। नेता नेपाल निवास कोटेश्वरमा तीन प्रमुख नेताबीच छलफल जारी रहेको स्रोतले बतायो।

काँग्रेस सभापति देउवा साढे तीन बजे कोटेश्वर पुगेका थिए। देउवा र नेपालबीच छलफल चलिरहेका बेला प्रचण्ड पनि कोटेश्वर पुगेका हुन्। प्रचण्ड सवा ५ बजे कोटेश्वर पुगेको स्रोतले बतायो।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धन आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला सोमबार प्रमुख विपक्षी नेताहरुबीच यो छलफल भएको हो। तर, प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव समूहले एमालेका मुख्यमन्त्रीहरुलाई समर्थन गरेपछि विपक्षी गठबन्धनबाट नेता नेपाल अलगिने आकलन भइहरेका बेला यो वार्ता भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *