जापानमा ‘बारा समाज जापान’ गठन

डिसी नेपाल
१ असार २०७८ १७:२७

काठमाडौं । जापानमा बसोबास गर्दै आएका नेपालीले त्यहाँ ‘बारा समाज जापान’ गठन गरेका छन् । बारा जिल्लामा स्थायी घर भइ हाल विभिन्न पेशा तथा कामको सिलसिलामा जापानमा बसोबास गर्दै आएकाहरुले उक्त समाज गठन गरेका हुन् ।

बारा समाजमा अनिल गिरीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरिएको हो । त्यस्तै, उपाध्यक्षमा बैकुण्ठ गौतम, सचिवमा प्रवेश पोख्रेल, सह–सचिवमा सुजता थापा, कोषाध्यक्षमा मनोज अधिकारी, सह– कोषाध्यक्षमा ममता थापा रहेका छन् ।

सदस्यहरुमा मन्दीप अधिकारी, भुषन कुमार गुप्ता, ममता सापकोटा, उत्तम कुमार चौलागाइ,अमृत लामिछाने, बिष्णु न्यौपाने, धर्मेन्द्र चौधरी छन् भने सल्लाहकारहरुमा नवीन लामा र महेश्वर अधिकारी छन् ।

साथै, बारा समाज जापानको पहिलो बैठकले सर्वप्रथम संस्थालाई विधिवत रुपमा दर्ता प्रकृयमा लैजाने, जापानमा अवस्थित हरेक संघ संस्थागत आगामी दिनमा सहकार्य र समन्वय गर्दै जाने तथा बारा जिल्लावासीहरुलाई हरेक प्रकारको गतिविधिहरुमा सक्रिय सहभागिता गराउदै लैजाने निर्णय गरेको छ ।

जिल्लाका आर्थिक सामाजिक साँस्कृतिक एवं विपद्सम्बन्धी हरेक गतिविधिमा साथ र सहयोगको निम्ति तत्पर रहने तथा जापानमा आउने नयाँ पुस्तालाई हौसला प्रदान गरी मार्गदशर्न तथा हरेक तवरको सहयोग गर्ने समाजले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *