वागमती प्रदेशले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट (पूर्णपाठ)
काठमाडौं । वागमती प्रदेशले आर्थिक वर्ष २०७८–०७९ को लागि ५७ अर्ब ७२ करोड ९ लाख रूपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
जसमा चालुतर्फ २६ अर्ब १ करोड रुपैयाँ अर्थात ४५ प्रतिशत, पुँजीगततर्फ २९ अर्ब ७० करोड अर्थात ५१ प्रतिशत र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रूपैयाँ छुट्याइएको छ । चालु आर्थिक बर्षमा ५१ अर्बको बजेट सार्वजनिक गरेको थियो ।
विनियोजित खर्च व्यवस्थापन गर्ने स्रोततर्फ कर राजस्ववाट २३ अर्ब ८२ करोड , अन्य राजस्वबाट ६ अर्ब ८२ करोड, संघीय सरकारबाट प्राप्त हुने वित्तिय अनुदान १६ अर्ब ९२ करोड , विविध प्राप्ति १ अर्ब ५ करोड र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड व्यवस्था गरिने बजेटमा उल्लेख छ ।
Facebook Comment