असार अन्तिममा इजरायलको विज्ञापन खुलाइने

डिसी नेपाल
१ असार २०७८ २१:२९

काठमाडौं । विश्वभरि फैलिएको कोेराना संक्रमणका कारण नेपाली कामदार इजरायल जानबाट पछाडि धकेलिएका छन् । मन्त्रिपरिषदबाट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भएपनि पछिल्लो सयम नेपालमा कोरोना संक्रमणको दोस्रो लहरका कारण भएको निषेधाज्ञाले कामदार पठाउने प्रक्रिया रोकिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार मन्त्रिपरिषदबाट इजरायल पठाउन निर्देशिका ढिला जारी भएकाले कामदार समयमा पठाउन नसकिए पनि यहि असार मसान्तसम्ममा विज्ञापन गरिने छ ।

उनले कामदारसँग परीक्षा लिन विभागले पाठयक्रम तयार पारिराखेको बताए । उनले कोभिडका कारण अनलाइनबाट कामदारको परीक्षा लिन पनि सकिने  जनाएका छन् ।

पछिल्लो सयम नेपाल र इजरायल सरकारबीच पाँच सय नेपाली श्रमिक सरकारी संयन्त्र अर्थात् जीटूजीमार्फत रोजगारीमा पठाउने गरी श्रम सम्झौता भएको छ

इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नसिंग होम, डे केयर सेन्टरहरु) मा नेपालबाट सहायक कामदारहरु पठाउने सम्बन्धि कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर भइसकेको छ । प्रोटोकलअनुसार महिला र पुरुष गरी पाँच सय नेपाली कामदार इजरायल जाने छन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषाको सामान्य ज्ञान अनिवार्य हुनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *